‘बजेट पोको पारेर राख्ने कुरा होइन’

‘बजेट पोको पारेर राख्ने कुरा होइन’


चामल गोदाममा सडाउने ओली भन्छन्– ‘बजेट पोको पारेर राख्ने कुरा होइन’

Suryendra 5
– सूर्यन्द्र

देश सञ्चालन गर्ने जिम्मेवारी बोकेका खड्गप्रसाद ओलीको अर्ती–शृङ्खला चालू छ । यसमा नयाँ कडी आएको छ– ‘बजेट पोको पारेर राख्ने वस्तु होइन ।’ यो तत्त्वज्ञान नै हो । यो ज्ञान दिएबापत अब सामाजिक सञ्जालका भित्ताहरू ओली–महिमाले भरिनेछन् । ठाउँठाउँका छलफलमा यसले प्रमुखता पाउनेछ । अखबारमा लामा–लामा लेख पनि आउनेछन् । गोष्ठी–सभाहरूमा माइक बज्नेछन् ।

हुन त भुइँचालोपीडितलाई आएको चामल पनि गोदाममा थुनेर सडाउने कुरा थिएन । तर, ओलीको अर्तीको त्यो कडी अहिलेसम्म नआइपुगेकाले चामल सड्न पुग्यो । बिचरा ओली एक्लै कति भ्याउन् । यो त त्यो चामलको दुर्भाग्य हो जो ओलीको अर्ती आउनुभन्दा पहिले नै आइपुग्यो । यस्ता टिप्पणीहरू अभद्र नै हुन्, तर यसरी टिप्पणी गर्नुपर्दा मन खिन्न नै हुन्छ ।

के नेपाल यति अभागी भइसकेको छ ? बजेटको परम्परा सुरु भएको आधा शताब्दीभन्दा ज्यादा भइसकेको छ । यसबेलामा सरकारप्रमुखले बजेटको ‘कखरा’ सिकाउनु आवश्यक पर्‍यो ? अनि बुद्धिजीवी ठानिएकासमेतले हुल कसेर ओलीको बोलीमा लोली मिलाउनुपर्‍यो ? सरकारप्रमुख उन्नतिको निमित्त नेतृत्व गर्नको निमित्त हो । मुलुकको इज्जत बढाउने किसिमको नेतृत्व गर्न हो । जनताको भलोको निमित्त काम गर्न हो । कुनै माध्यमिक विद्यालयको शिक्षक होइन कि उसले कखरा पढाउन समय खर्च गरोस् । विरोधीलाई ओठेजवाफ फर्काएर विदूषकजस्तौ मनोरञ्जन दिने उसबाट आशा गरिँदैन ।

आलोचना गर्न पटक्कै मन छैन । ओलीले गरेर देखाउन्, आफूले बोलेको नेपालको ट्रेलर देखाउन् । यो आज नेपालका सर्वसाधारणको आकाङ्क्षा हो । बजेट वितरणमुखी भयो भन्नेलाई यस्तो ओठेजवाफ भन्दा यसकारणले आवश्यक थियो भन्ने कुरा गरेको भए ताली पिटिने थियो । अर्थशास्त्री, विज्ञ आदि नामधारीले अनेकौँ क्लिष्ट शब्दावली प्रयोग गर्ने गर्दछन् । तीमध्ये धेरै सर्वसाधारणले बुझ्दैनन् । यो वितरणमुखी शब्द पनि त्यही श्रेणीमा पर्दछ ।

कमाइभन्दा ज्यादा घरखर्च भयो भने डुबिन्छ भन्ने सबैलाई थाहा छ । घर चलाउन ऋण लिनु भनेको ओरालो लाग्नु हो भन्ने पनि थाहा छ । ऋण भनेको आम्दानी बढाउने काममा मात्र लिनु राम्रो हो भन्ने पनि थाहा छ । घरको यो बजेट ज्ञानको आधारमा गणतन्त्र संस्थागत भएको पहिलो बजेट सबैले हेर्नैपर्दछ । यसमा प्रयोग भएको चालू खर्च भनेको घरखर्च हो । वित्तीय व्यवस्था भनेको आम्दानी उठाउन गरिने काममा हुने तथा पहिलेको ऋणको सकेसम्म साँवासमेत नसके ब्याज मात्रै दिएर राखी बिन्ती गर्न लाग्ने खर्च हो । पुँजीगत खर्च भनेको आम्दानी बढाउन लाग्ने खर्च हो ।

घर चलाउने सबैले कमाइ र खर्च भन्ने कुरा जानेको हुन्छ । आफ्नो तहमा त्यसमा सन्तुलन पनि राखेका हुन्छन् । जसले यसो गर्न सक्दैनन् तिनीहरू पहिले ऋणमा डुब्छन् । त्यसपछि तिनीहरूको टाट उल्टन्छ । कमाइभन्दा ज्यादा घरखर्च भयो भने डुबिन्छ भन्ने सबैलाई थाहा छ । घर चलाउन ऋण लिनु भनेको ओरालो लाग्नु हो भन्ने पनि थाहा छ । ऋण भनेको आम्दानी बढाउने काममा मात्र लिनु राम्रो हो भन्ने पनि थाहा छ । घरको यो बजेट ज्ञानको आधारमा गणतन्त्र संस्थागत भएको पहिलो बजेट सबैले हेर्नैपर्दछ । यसमा प्रयोग भएको चालू खर्च भनेको घरखर्च हो । वित्तीय व्यवस्था भनेको आम्दानी उठाउन गरिने काममा हुने तथा पहिलेको ऋणको सकेसम्म साँवासमेत नसके ब्याज मात्रै दिएर राखी बिन्ती गर्न लाग्ने खर्च हो । पुँजीगत खर्च भनेको आम्दानी बढाउन लाग्ने खर्च हो ।

त्यस्तै आम्दानीतर्फ राजस्व भनेको सबै किसिमको कमाइ हो । साँवा फिर्ता भनेको ऋण लगेकाबाट फिर्ता पाउने आशा गरिएको रकम हो । अनुदान भनेको व्यक्तिको स्तरबाट भन्ने हो भने भिख हो, संस्थाको स्तरबाट भन्ने हो भने स्वेच्छिक चन्दा हो । ऋण त जहिले पनि ऋण नै हो । नगद मौज्दात भनेको आर्थिक वर्षमा फ्रिज हुन्छ भनेर जथाभावी खर्च गर्दा पनि सक्न नभ्याएको रकम हो । यसले नपुगेका घरका गहना, हाँडाचिण्डा बेचेर आउने रकम हो ।
यसपल्ट चालू खर्च छ लगभग ६ खर्ब १७ अर्ब, वित्तीय व्यवस्था छ लगभग एक खर्ब १९ अर्ब । कुल घरखर्च सात खर्ब ३६ अर्ब । आम्दानी छ करिब पाँच खर्ब ६५ अर्ब, नगद मौज्दात छ करिब ५७ अर्ब । कुल हातमा ६ खर्ब २५ अर्ब । घर चलाउन नै एक खर्ब ११ अर्ब अपुग छ । यस्तोमा ओलीले के पोको पारेर राख्छन् र के बाँड्छन् । पूराकापूरा पुँजीगत खर्च ऋण लिएर नै चलाउनुपर्नेछ । किनभने, माग्ने हिम्मत गरिएको रकम पाए पनि करिब पाँच अर्ब त घरखर्चलाई नै चाहिन्छ ।