क्षेत्री समाज बेलायतको वार्षिक भेला सम्पन्न

क्षेत्री समाज बेलायतको वार्षिक भेला सम्पन्न


IMG_0640csukget together16लन्डन,१८ जुन शनिवारका दिन क्षेत्री समाज बेलायतले लण्डनस्थित फेल्थम कम्युनिटि कलेजमा वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेकोछ । सन् २००७ मा स्थापित क्षेत्री समाज बेलायतले आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष बेलायतवासी क्षेत्री बंधुहरुको बीचमा वार्षिक भेटघाट कार्यक्रमको आयोजना गर्दै आइरहेकोछ । लगभग चार सयभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथितिको रुपमा कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको उपस्थिति रहेको थियो ।
IMG_0665csukget together16समाजका अध्यक्ष्य धन बहादुर कुँवरको सभापतित्वमा संचालित सो कार्यक्रमको संचालन महासचिव राजन कुमार क्षेत्रीले गरेका थिए भने साँस्कृतिक कार्यक्रम समाजकै संस्कृतिक सचिव सुनिता गौतमले संचालन गरेकी थिइन् । समाजका उपाध्यक्ष्य टेक जी.सी.ले स्वागत मन्तव्य दिएका थिए भने अध्यक्ष्य धन बहादुर कुँवरले समाजको स्थापना तथा लक्ष्यको बारेमा प्रष्ट पारेका थिए । त्यस्तैगरी अतिथिको रुपमा गैर आवासीय नेपाली संघका आध्यक्ष्य मुछेत्र गुरुङ, ठकुरी समाजका अध्यक्ष्य भक्त बहादुर शाही, यती नेपाली एशोसिएसनका अध्यक्ष्य पिपला देवान, ब्रिगेडियर जनरल सरोज प्रताप राणा, कर्णेल दीपजंग के.सी., कर्णेल विजय कुमार राउत, मेजर संजय रायमाझी, क्षेत्री समाज नेपालका अध्यक्ष्य प्रा.डा.चन्द्र बहादुर थापालगायत लोक दोहोरीका स्रष्टा पुराना अनि चर्चित गायक बम बहादुर कार्की, शीला आले र चन्दा कार्कीको उपस्थिति रहेको थियो भने उनीहरुले आ-आफ्ना गीतहरु सुनाएर सबैलाई नचाएका थिए । त्यस्तैगरी बाग्लुंगे नौमती बाजाले पनि कार्यक्रममा छुट्टै रौनकता थपेको थियो ।
IMG_0259csukget together16स्थानीय गायक दीपक थापा र रमा बानियाँले आफ्नो सुमधुर स्वरमा गीत सुनाएर थप मनोरञ्जन दिलाएका थिए भने सेविका जी.सी.,सम्झना महत, दीपा गीरी थापा, जष्टिना थापा, मेरिना थापालगायत बालकलाकार आदिती अधिकारिले जोडदार नृत्य प्रस्तुत गरेका थिए । उल्लेखनीय योगदान पर्याउने व्यक्तित्व तथा सैक्षिक क्षेत्रमा राम्रो स्थान हाँसिल गरेवापत समाजका तर्फबाट हौसला स्वरूप सम्मान तथा प्रशंसापत्र वितरण गरिएको थियो ।
13495505_10154266976214282_1019709672592497689_oसोही कार्यक्रममा बेलायतका लागि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको बिदाइ समारोह पनि सम्पन्न गरिएको थियो । आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कन लागेका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री तथा श्रीमती रीता क्षेत्रीलाई समाजका तर्फबाट सम्झनास्वरूप उपहार तथा सम्मान गरि बिदाइ गरिएको थियो । साथमा क्षेत्रीको जीवनसंग सम्बन्धित जीवनीलाई पनि प्रस्तुत गरिएको थियो । विदाइ कार्यक्रममा बोल्दै आफू चार वर्षको लागि नै आएको र आफ्नो कार्यावधिमा नेपाली समुदायसंग धेरै निकटमा रहेर काम गरेको हुँदा नेपाल र नेपालीहरुबीच प्रशस्तै कामहरु गरेको कुरा उल्लेख गरेका थिए । बेलायतवासी नेपालीहरुले पनि आफूलाई रुचाएकोले भविष्यमा अवसर पाएमा बेलायतकै राजदूतको लागि आफ्नो प्रथामिकता रहने समेत उनले बताएका थिए । साथै जुलाई १९ मा हुन् गइरहेको नेपाली क्रिकेट टिम र बेलायतको एमसीसी बीच हुन गइरहेको खेललाई सफल पार्नको लागि सबैलाई आग्रह गरेका थिए ।
13490860_10154266885534282_8213257681648631233_oकार्यक्रममा सुनको बेरुवा औंठी सहितको लक्की ड्राको पनि व्यबस्था गरिएको थियो । अन्तमा सम्पूर्ण कलाकारहरुलाई सम्मान तथा प्रशंसापत्र वितरण गरिएको थियो । उक्त कार्यक्रममा डीजे हेम विष्ट, बाग्लुंगे नौमती बाजा र खानपानको लागि बेजिंग नुडल्सको भूमिका पनि अत्यन्त प्रशंसनीय रहेको थियो ।
13497600_10154266883469282_5773055312124174424_o
13475060_10154267021039282_9189296224586835424_o
-नरेन्द्र बस्नेत