दमकबाट समावेशी प्रजातन्त्रको धमक

दमकबाट समावेशी प्रजातन्त्रको धमक


Suryendra 5

– सूर्यन्द्र

स्पष्ट रूपमा नै वर्ग विभाजन भएको छ । एक वर्ग छ जो रुघा लाग्दा पनि ‘एयर एम्बुलेन्स’मा विदेश पुगेर उपचार पाउँछ । अर्को वर्ग छ जो आफ्नो उपचारमा लागेको खर्चमा थप ‘स्वास्थ्य कर’ बुझाएर त्यस्ताको यी खर्च पूरा गर्छ । त्यसैले उनले भने, ‘देशका सबै जातजाति, वर्ग, समुदायलाई राष्ट्रको मूलधारमा ल्याउने र सबैको समान उत्थान गर्ने समावेशी विधिविधान हामी आफँै मिलेर बनाउन सक्नुपर्छ ।’ यदि यो विभेद कायम छ भने त्यो कसरी समावेशी लोकतन्त्र हुन सक्छ ?

विगतमा प्राकृतिक प्रकोपमा परेकालाई सहायता गर्न पनि बन्देज थियो उनलाई । सानो–सानो कुरामा पनि नेताको भाषणमा धम्की दिन्थे । जे आरोप लगाए पनि प्रमाणित गर्नुपर्दैन थियो, फत्तुर लगाए पुग्थ्यो । सायद अब नेताहरूको त्यो आकर्षण समाप्त भएको छ । आफ्नै दलमा पनि केही नामबाहेक अरूलाई स्थान नदिने नेतृत्वले गरेको समावेशीको कुरा हलुका परेको छ । आफ्नो खस्कँदो वर्चश्व बचाउन सपनाको व्यापार शुरु भएको छ ।
विस्तारै यस्ता सपना पत्याउनेहरूको सङ्ख्या घट्दो छ । यसै अवस्थामा पूर्व पारिएका राजाले समावेशी प्रजातन्त्रको परिभाषा गरिदिएका छन् । ‘संविधान बनाएर राष्ट्र हार्नुहुँदैन । राष्ट्रको अस्मिता मर्नुहुँदैन । विभिन्न मत, धारणा, सिद्धान्त र विचार फरक हुनु बहुलवादी राजनीति, संस्कृति र पद्धतिको स्वाभाविक विशेषता हो । तर, जहाँसम्म सिङ्गो राष्ट्रको धारणा र मान्यताको कुरा आउँछ त्यहाँँनिर सबै मान्य, समन्वयपूर्ण र सामञ्जस्यको अवस्था रहनुपर्छ ।

‘मेरो मत, मान्यता र आदर्श भनेकै त्यही सर्वसम्मत राष्ट्रियता हो । देशका सबै जातजाति, वर्ग, समुदायलाई राष्ट्रको मूलधारमा ल्याउने र सबैको समान उत्थान गर्ने समावेशी विधिविधान हामी आफँै मिलेर बनाउन सक्नुपर्छ ।’ उनको यो कुराको विरोधमा बोल्न कसैको हिम्मत भएको छैन । दमकबाट आएको यो धमकले मुटु भने हल्लेको छ । त्यसको छनक भने देखिँदै छ । सपना तथा आश्वासनको बाढी आएको छ । कोही सतिसालको रूख हौँ भन्दै छन् । कोही मुलुकमै सुनको छानो हाल्ने ठेक्का लिन खोज्दै छन् ।

सरल भाषामा सबैले बुझ्ने गरेर भनिएको यो भनाइ एक आदर्श समाजको सपना हो । सर्तहरू पूरा भए मात्र शुरु गर्न सकिने योजना छैनन् । अर्को मिनेटबाटै लागू हुनसक्ने कुरा छन् । राष्ट्रको अस्मिता हार्न हुँदैन, यो सम्पूर्ण राष्ट्रवासीको आत्माको आवाज हो । राष्ट्रको अस्मिताले जितेको अवसरमा कसैले पनि यो कुरा बोल्दैन । तर, हार्नतर्फ लागेको देख्दा सबैले एकमुख भएर यो आवाज निकाल्छन् ।

संविधानको पहिलो आधारभूत तत्त्वको बारेमा सरलतापूर्वक भनिएको छ । संविधान राष्ट्रलाई जिताउन बनाइने कुरा हो । राष्ट्र भनेको भूगोल मात्र होइन । आफ्ना नागरिकको अनुपस्थितिमा राष्ट्र अपूरो हुन्छ । भूगोल यहाँ छ तर खाडी, कोरिया, मलेसियामा जीवन हार्ने नेपाल पनि छ । केही व्यक्तिहरूको ‘एयर एम्बुलेन्स’को खर्चको निमित्त आफ्नो इलाज गर्दा स्वास्थ्य कर तिर्ने नेपाली हारेको छ ।

स्पष्ट रूपमा नै वर्ग विभाजन भएको छ । एक वर्ग छ जो रुघा लाग्दा पनि ‘एयर एम्बुलेन्स’मा विदेश पुगेर उपचार पाउँछ । अर्को वर्ग छ जो आफ्नो उपचारमा लागेको खर्चमा थप ‘स्वास्थ्य कर’ बुझाएर त्यस्ताको यी खर्च पूरा गर्छ । त्यसैले उनले भने, ‘देशका सबै जातजाति, वर्ग, समुदायलाई राष्ट्रको मूलधारमा ल्याउने र सबैको समान उत्थान गर्ने समावेशी विधिविधान हामी आफँै मिलेर बनाउन सक्नुपर्छ ।’ यदि यो विभेद कायम छ भने त्यो कसरी समावेशी लोकतन्त्र हुन सक्छ ?

राजाको नाम बेचेर सत्तासुखमा पुगेकाहरूले विश्वको उत्कृष्ट संविधान भनिरहेको विचित्रको अवस्था एकातिर छ भने अर्कोतिर राजा संविधानसँग असहमत भएको कुरा प्रस्ट भन्छन् । यसरी उनले आफ्नो नाम बेच्नेहरूको पोल पनि खोलेका छन् । ‘सबैको सहभागिता हुने, सबैको अन्तस्करणको मनोभाव बुझ्ने र कसैलाई निषेध नगरी भयरहित, स्वतन्त्र, निष्पक्ष रूपमा आफ्नै राष्ट्रिय अवस्थाअनुकूल नभएको संविधानप्रति मेरो पनि असहमति हुनु स्वाभाविक हो ।

संविधान कसका लागि, के कुराका लागि, कस्तो विचारको र कुन प्रकारको हुनुपर्छ भन्ने कुरा सबैले ख्याल राख्नुपर्छ । जनताका प्रतिनिधिद्वारा नै जनताको हित गर्ने र मुलुकको भलो गर्ने संविधान बन्नुपर्छ ।’ दमकबाट आएको समावेशी प्रजातन्त्रको यो धमक उल्लेख्य छ । अझै शन्तिपूर्ण र प्रजातान्त्रिक बाटाहरू बाँकी छन् । नेपालले ती बाटाहरूद्वारा फेरि निराशा चिर्न सक्छ । यही नै दमकबाट आएको समावेशी प्रजातन्त्रको धमक हो । अब यसको उपयोग गर्नु–नगर्नु त जनताको इच्छा हो ।