केट र विल्स हनिमूनमा

केट र विल्स हनिमूनमा


लण्डन । नयाँ ‘ड्युक र डचेस् अफ क्याम्ब्रिज्ड’ अर्थात् यस नयाँ टाइटलका वाहक विल्स र केट हिजो दश दिने हनिमूनका लागि बेलायतबाट बाहिरिएका छन् भन्ने समाचारको सार्वजनिक वेस्टमिन्स्टर एब्बीले गरेको छ । शाही विवाहको लगत्तै, हप्तान्तको लागि विलियम्स आफ्नो काममा फर्कनु परेकोले यी जोडीले आफ्नो तत्कालको हनिमूनको योजना केही समयको लागि खारेज गरेका थिए । त्यस विवाहको लगत्तै, खासगरी केही नेपाली अनलाइन पत्रिकाहरुमा विल्स र केटको कनिमून नेपालमा हुने भन्ने हल्ला चलेको थियो । मिडियाहरुलाई छलेर गएका यो जोडीको लक्ष्य सनसाइन डेस्टिनेसन अर्थात् समुन्द्री किनार, खुल्ला आकाश अनि न्यानो घाम हुने चर्चा गरिएको छ । हल्लाको आधारमा भन्ने हो भने, शाही जोडी यतिखेर सेसेल्सका ११५ वटा टापुहरुमध्ये कुनै एक टापुमा यतिखेर २४ देखि ३० डिग्री घामको न्यानोमा रमाइरहेका छन् । कुनै एक सम्पूर्ण टापुलाई विशेष कर्मचारीहरुसहित तिनले भाडा लिएको मानिएको छ ।
संसारभरका दर्ुइ बिलियन मानिसहरुले प्रत्यक्ष प्रशारणद्वारा हेरिएका यी दुर्इका विवाहले गर्दा यिनीहरु संसारमा सबैभन्दा चीरपरिचित सेलेब्रिटिहरुका लाइनमा उभिएका भएकोले वास्तवमा सर्वसाधारणसरि यापन मन पराउने यो जोडीलाई वाध्यतावस त्यसरी विशेष भई आफ्नो वैवाहिक जीवनको सबैभन्दा महत्वपूर्ण दिनरातहरु विताउनु परेको छ ।-देब, मेस