अर्थ–अर्थमा देश

अर्थ–अर्थमा देश


JB Khatri

– जेबी खत्री

परायाको हेपाहा
र दलाहा प्रवृत्तिप्रति
हामी बेलाबेला
झन्डा उचालेर
चिच्याउने गर्छौं ।
देशभक्तिका कुरा गर्छौं ।
देशप्रतिको माया दर्शाउँछौँ ।
सार्वभौमसत्ता सम्पन्न
स्वाधीन राष्ट्र भनेर कराउँछौँ ।
सगरमाथासँग लगेर शिर जोड्छौँ ।
पुर्खाको वीरता ओकल्छौँ ।
इतिहास खोतलेर
वीरताको बयान गर्छाैँ ।
उसबेलाको ब्रिटिस साम्राज्यवादलाई
खुकुरीको भरमा धपाउन सक्ने
साहस चानचुने थिएन ।
साँच्चै विश्वमा हाम्रो पहिचान
वीरता नै हो ।
यो शान हामीलाई
पुर्खाले नै दिएका हुन् ।
ब्रिटिस साम्राज्यवादीहरूलाई
खुँडाखुकुरी उठाएर
यहाँबाट लखेट्ने
हाम्रा पुर्खाहरू
कति साहसी र आँटी
लखेटेकै हो हामीले
हाम्रो धरतीबाट
हाम्रो धरतीमा
हामी टेक्न दिदैनौँ
हाम्रो माटो छुनसम्म दिदैनौँ भनेर ।
परपर पारेकै हो
सारा नेपाली
एक भएर
लडेकै हो ।
हाम्रो माटोमा
तिनलाई टेक्न
नदिएकै हो,
त्यसबेला हामीले
तर, अहिले
त्यो अवश्था रहेन ।
समयको परिवर्तनसँगै
वैरीहरू नयाँनयाँ ढङ्गले
आक्रमण गरिरहन्छन् ।
समय अनुकूल हेरेर
नयाँनयाँ अस्त्रहरू
प्रयोग गरिरहन्छन् ।
जसले तिमीलाई
भत्काउनु छ ।
आफ ूअनुकूल
चलाउनु छ ।
उपयोग गर्नु छ ।
जो अहिले प्रयोग भइरहेछन् ।
खबरदार,
हामीले बुझ्नुपर्ने कुरा
देश भनेको
माटो मात्र होइन ।
राष्ट्रियता पनि हो ।
स्वाधीनता पनि हो
सार्वभौमिकता पनि हो ।