सबैको ‘टार्गेट’ मधेश किन ?

सबैको ‘टार्गेट’ मधेश किन ?


Birendra K.M

– वीरेन्द्र केएम

संविधानसभाको पहिलो चुनावबाट इतिहासमै पहिलोपटक सबैभन्दा धेरै मधेशी अनुहार चुनिएर आए । देशको पहिलो राष्ट्रपति, उपराष्ट्रपति, निर्वाचन आयुक्तदेखि सिंगो सिंहदरबारमा नै मधेशी अनुहारका जनप्रतिनिधिले स्थान पाए । उपेन्द्र यादव, महन्थ ठाकुर, विजयकुमार गच्छदार, शरतसिंह भण्डारीजस्ता नेता गैरमधेशी पार्टी भन्दै, त्याग्दै, आफूलाई मधेशीको रूपमा प्रस्तुत गर्दै स्थापित गराए । कैयौँ लेखक, पत्रकार, वकिल, अधिकारकर्मीसम्म मधेशकै नाममा स्थापित भए । तर, तीे बत्तीमुनिको अँध्यारो अर्थात् मधेशको ग्राउन्डमा भने खासै प्रभावकारी ढंगबाट फेरिएको छैन, अवस्था धेरै हदसम्म उस्तै छ ।

कुनै बेला राज्य सत्ताको नजरमा मधेश अपवित्र नै थियो । त्यहाँका बासिन्दाको त कुरै नगरौं । अहिले समय फेरिएको छ । मधेश यति बेला ‘ढलसरी’ होइन बरू ‘गंगासरी’ बन्न पुगेको छ । ढलसरी यो अर्थमा पनि भनिएको हो कि मधेशमा बस्ने खास गरी मधेशी परिवेश भएका यही देशका जनतालाई हेपिन्थ्यो, गनिदैन थियो । तर, अहिले धेरै हदसमम समय फेरिएको छ । अब त्यो समय छैन । अहिले मधेश ‘ढलसरी’ अपवित्र होइन, बरू ‘गंगासरी’ पवित्र बन्न पुगेको छ । सबैको टार्गेट यति बेला मधेश नै बन्न पुगेको छ । त्यहाँ बस्ने मधेशी जनताको अधिकार आदि कुरा आप्mनो ठाउँमा होलान् । मधेशलाई ‘इग्नोर’ गर्ने हिम्मत भने कसैले गर्न सकिरहेका छैनन् । मधेशका नाममा उत्रिनेहरूको भित्री उद्देश्य जेसुकै होस् तर यस ‘गंगासरी’ मधेशमा ‘डुब्की’ लगाउने प्रयास यति बेला जोसुकैको हुन पुगेको छ ।

त्यसो त बत्तीमुनि नै अँध्यारो हुन्छ, यो वास्तविकता नै हो । ठीक यस्तै बेला मधेशका विशुद्ध जनता भने अँध्यारोमै छन् । सिंगो मधेश भने उज्यालोतर्फ जाने ‘भ¥याङ’ अवश्य सिद्ध भइरहेको छ । कुनै बेला गजेन्द्रनारायण सिंह आए मधेशका नाममा उनी, स्थापित भए । यो पनि सत्य नै हो कि उनले सिंगो मधेशलाई नै चिनाउनेदेखि स्थापित गर्नेसम्मको कार्य गरे । यो सत्यलाई पनि अस्वीकार गर्न सकिन्नँ कि मधेशका नाममा उनी स्वंय पनि स्थापित भए । खैर उनले मधेशलाई चिनाउने कार्य नै गरेका कारण उनको व्यक्तिगत नकारात्मक कुरा गर्नु अन्याय नै होला । त्यसपछि धेरै व्यक्ति, समूह, संगठन, पार्टी आए जो मधेशलाई ‘भ¥याङ’ बनाएर स्थापित भए । कतिपय अझै प्रयासरत छन्।

संविधानसभाको पहिलो चुनावबाट इतिहासमै पहिलोपटक सबैभन्दा धेरै मधेशी अनुहार चुनिएर आए । देशको पहिलो राष्ट्रपति, उपराष्ट्रपति, निर्वाचन आयुक्तदेखि सिंगो सिंहदरबारमा नै मधेशी अनुहारका जनप्रतिनिधिले स्थान पाए । उपेन्द्र यादव, महन्थ ठाकुर, विजयकुमार गच्छदार, शरतसिंह भण्डारीजस्ता नेता गैरमधेशी पार्टी भन्दै, त्याग्दै, आफूलाई मधेशीको रूपमा प्रस्तुत गर्दै स्थापित गराए । कैयौँ लेखक, पत्रकार, वकिल, अधिकारकर्मीसम्म मधेशकै नाममा स्थापित भए । तर, तीे बत्तीमुनिको अँध्यारो अर्थात् मधेशको ग्राउन्डमा भने खासै प्रभावकारी ढंगबाट फेरिएको छैन, अवस्था धेरै हदसम्म उस्तै छ ।

पछिल्लोपटक नयाँ पार्टी बनाउने अभियानमा रहेका डा.बाबुराम भट्टराईको पनि मूल टार्गेट नै यति बेला मधेश बन्न पुगेको छ । मधेशमा झन् धोतीकुर्ता लगाएर जानु अनि निकै ठूला–ठूला सैद्धान्तिक कुरा मधेशको नाममा गर्नु उनको विशेषता हुन पुगेको छ । डा. सिके राउतदेखि पछिल्लोपटक ‘प्रोजेक्टेड’ भनिएका इसान अधिकारीजस्ता नामहरू प्नि आफूलाई मधेशीको हितेसी भन्न रूचाउन थालेका छन् । के गणतन्त्रवादी, के राजतन्त्रवादी, के लोकतन्त्रवादी अनि के राष्ट्रिवादी साथै के दक्षिणवादी र के उत्तरवादीसम्म समेत यति बेला मधेशबारे विशेष टार्गेट नै बनाउन थालिएका छन् । त्यसो त कुनै समस्यालाई पूर्णरूपमा समाधान नगर्नुको अर्को कारण पनि हुन्छ, त्यही समस्याका नाममा अझै पनि आप्mना गतिविधिलाई निरन्तरता दिन र ठीक यति बेला मधेशको हालत पनि उस्तै–उस्तै देखिएको छ ।

ओली सरकारको ‘पपुलिस्ट’ भनिएको नयाँ बजेट प्रस्तुतिसमेत यसपटक तराई÷मधेश केन्द्रित नै छ । र, इतिहासमा सायद यसपटक नै पहिलो होला कि सिंगो बजेट भाषणमा तराई÷मधेशको उच्चारण धेरैपटक भएको छ । अर्थमन्त्री विष्णु पौडेलले सविधानसभामा बजेट प्रस्तुत गरिरहँदा र पटक-पटक तराई मधेशको नाम उच्चाराण गरिरहँदा, टेलिभिजनमा लाइभ हेरिरहेका तराई÷मधेशका बासिन्दाले मनमनै गौरवान्वित अवश्य पनि महसुस गरिरहेका थिए । सिंगो देशकै मन्त्रीले बजेट भाषण गरिसकेपछि मधेशलाई लाभ नै नहोला भन्नै छैन । यद्यपि, मधेश विरोधी भनिएको ओली सरकार पनि मधेशप्रति निकै उदार भएको बजेट भाषणले स्पष्ट पारेको छ ।

त्यसो त मधेश र मधेशी समुदाय-परिवेशका जनता फरक-फरक कुरा हुन् । यद्यपि, मधेशी जनतालाई अझै पनि पूर्णरूपमा व्यावहारिक रूपले नस्वीकारे पनि मधेशलाई पूर्णरूपमा अस्वीकार गरेको छैन । यति बेला मधेश भने पवित्र ‘गंगासरी’ भएको छ । जसरी हिन्दु रीतिरिवाजमा गंगा नदीको पानीलाई पवित्र जल भनिएको छ । त्यहाँको पानीमा नुहाएपछि पवित्र गंगा स्नान भनिन्छ, ठीक त्यसैगरी यति बेला मधेश गंगासरी बन्न पुगेको छ । मधेशमा कमसेकम एक डुब्की भए पनि जोकोहीले लगाउने इच्छा राखेको पाइन्छ । चाहे त्यो स्वार्थका कारण होस् वा निःस्वार्थ भावले । त्यसकारण पनि यसलाई सकारात्मक नै मानिनुपर्छ । मधेश जो हिजोसम्म अपवित्र ‘ढलसरी’ थिया, त्यो आज पवित्र ‘गंगासरी’ मधेश बन्न पुगेको छ । अमेरिकामा राम्रा भनिएका वैज्ञानिकसम्मका जागिर छोडेर यही मधेशमा आई मधेशी बन्नेहरू पनि यहाँ छन् भने क्यानडाबाट आई ‘भिसा’ लाई दाउमा लगाई–लगाई मधेशीका लागि हितैसी बन्ने प्रयास पनि यहीँ भएको छ । उता संयुक्त राष्ट्रसंघदेखि विश्वका शक्तिशाली राष्ट्रहरूले बेला–बेलामा आप्mना धारणाहरू सार्वजनिक गर्दै, मधेशमा कैयौं पटक डुब्की लगाउने प्रयास पनि गरिसकेका छन् । छिमेकी मुलुक भारत र चीनको कुरा त झन् भनिराख्नु नै पर्दैन । यी दुई छिमेकी मुलुकले पनि मधेशका नाममा धेरैपटक मधेशमा डुब्की लगाएका छन् कि यस देशका बच्चा–बच्चा उक्त ‘गंगास्नान’बाट चिरपरिचित भइसकेका छन् । त्यसैले पनि मधेशमा गंगा स्नान हुने कार्य मात्र नहोस्, मधेशलाई मात्र भ¥याङ नबनाइयोस् । र, उहिले ‘ढलसरी अपवित्र’ तर अहिले ‘गंगासरी पवित्र’ बनेको मधेशका जनताको समस्या, माग र उनीहरूले पाउनुपर्ने अधिकारबारे पनि सबैले पहल गरोस् । यही नै एउटा मधेशीको आग्रह हुन सक्छ । त्यसो त मधेशीको अधिकारचाहिँ के त ? उनीहरूलाई के पुगेको छैन ? उक्त कुरा कैयौं महानुभाव, कैयौं पार्टी, शक्ति, समूहहरूले बताइसकेका छन् । यति बेलासमेत आन्दोलनरत मधेशी÷जनजाति दलको माग पत्रमा समेत विभिन्न माग प्रस्तुत भइसेका छन् ।