लण्डन । प्रहरीका लागि काम गर्ने दोभाषेलाई ब्याग-चोरले मुक्का प्रहार गरी आक्रमण गर्दा अनुहार नराम्रोसँग क्षतविक्षत र फ्य्राक्चर भएकोले अनुहारमा धातुको प्लेट राखेर उपचार गर्नु परेको समाचार प्रकाशमा आएको छ । दोभाषे, लेटिसिया मर्फीकाअनुसार तिनलाई अबेर राति रेलमा एकजना व्यक्तिले पन्चिङ मेशिनसरह अनुहारमा मुक्का प्रहार गरी पिटेका थिए र त्यस मान्छेले ब्याग-खोस्नलाई पिटेको कुरा, मर्फीले भनेकीछिन् । ४० वर्षीया दोभाषेले त्यतिबेला ज्यान जाने खतरा भएको महशुस गरेकी थिईन् । घट्नाबारे उनले…त्यसमान्छेको मुक्का मेरो अनुहारमा बज्रिँदा कारले मलाई ठक्कर मारेको जस्तै महशुस भएको थियो .. ऊ यति बलियो थियो कि मेरो अनुहार नै चकनाचुर पार्दै मलाई हिर्काउँदै थियो..जतिबेला रेलको ढोका खुल्यो, मानिसहरु कराउन थालेकाले ऊ भागेर गयो … यदि मानिसहरु नकाराएको भए मलाई रोबोटले जस्तै लगातार पिटेर उसले मार्ने थियो ..यस्तो लागिरहेको थियो पन्चिङ मेशिनले मेरो अनुहार चकनाचुर बनाइरहेको छ…. भनेर समाचारदाताहरुलाई विवरण दिएकी छिन् । त्यस घट्नापछि घाइते भएकी लेटिसियाको कयौंपल्ट अनुहार निर्माण गर्नको लागि सर्जिकल अपरेशन भइसकेको छ र अपरेशन गर्दा अनुहारमा धातुको प्लेट राख्नुपरेको छ । तिनी त्यस घटनापछि अत्यन्त भयभित भएकीछिन् ।
मर्फी आफ्नो काम सकेर राति लगभग ११ बनेर ४० मिनट जाँदा अप्रिल महिनाको ७ तारिखको दिनमा वेस्ट मिड्ल्याण्ड क्षेत्रको वालशालस्थित टेमब्रिज रेल स्टेशनबाट आक्रमणकारीसँग-सँगै रेलमा चढेकी थिईन् । सीसीटीभी क्यामेराको फुटेज रेकर्डमा मर्फी पिटाइ खाएपछि रेलभित्रबाट घस्रिएर प्लेटफर्ममा ढलेकी अवस्थामा तथा चोरले ब्याग सिंढीमा खसाएको देखिएको छ । ब्रिटिश ट्रान्सपोर्ट प्रहरीका अनुसार अपराधी एकदमै खतरनाक भएकोले गर्दा प्रत्यक्षदर्शीहरुलाई यस घटनाबारे सूचना दिनलाई अपील गरेको छ । श्रोत-मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया