लण्डन । एउटा कार दुर्घटनामा एकजना ड्राइभरको मुखबाट पाँच सेन्टिमिटर (२ इन्च) मोटो पाइप पसेर खोपडीको पछाडिपट्टिको भाग छेंडेर निस्कँदा पनि बाँच्न सफल भएको समाचार प्रकाशमा आएको छ । एन्ड्रयू लिन नाम गरको व्यक्तिलाई यदि त्यो मोटो पाइप अलिकति पनि तलमाथि भएर छेडेको भए बाँच्न सफल हुने थिएनन् । ३४ वर्षीय कार चालकले गाडी चलाउँदा अचानक नींदमा परेर कारलाई बारमा ठोक्काएका रहेछन् र यस दुर्घटनामा बारमा रहेको एउटा पोल सीधै मुखबाट छिरेर टाउको पछाडिबाट छेडेर निस्कको रहेछ । यो दुर्घटना अमेरिकाको लासभेगसमा नोभेम्बर महिनामा घटेको थियो । भाग्यवश ड्राइभरले अहिले पूर्ण स्वास्थ्य लाभ गरेका छन् । आज अमेरिकाको यूएस मर्निङ शो टीभीमा बोल्दै … म एकदमै भाग्यमानी रहेछु … कौशलप्राप्त डाक्टरहरुले गर्दा म बचेँ …एन्ड्रयूले भनेका थिए । उनलाई उपचार गरेर बचाउने डाक्टर जे कोट्सका अनुसार … यदि एकसेन्टिमीटर पनि त्यो पोल यताउता भएको भए एन्ड्रयू आज यहाँ हुने थिइँन … भनेका थिए । २ जना बच्चाको बुवा एन्ड्रयू अर्को कार दुर्घटना, इराकको भ्रमणमा जाँदा पछाडिबाट अर्कै कारले ठक्कर दिँदा पनि बचेका थिए । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया