हंगकंग । “हंगकंगमा खोटांगे स्रष्टाका सिर्जनाहरु” नामक साहित्यिक सामूहिक कृतिको हिजो विमोचन सम्पन्न भयो। हिन्सको कार्यालयमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि हंगकंग नेपाली साहित्यिक प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फेको हातबाट विमोचन गरिएको थियो । उक्त समितिको संयोजक प्रकाश रोदुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमलाई कृतिका संयोजक बिमल चाम्लिङ राईले सञ्चालन गरेका थिए । खोटाङ समाज हंगकंगका अध्यक्ष सुबास राई विशेष अतिथि थिए भने अन्य संघसस्थाहरुमा सृजनशील साहित्यिक समाजका अध्यक्ष हाङयुग अज्ञात, भारतीय भूपू सैनिक संघका अध्यक्ष जंग बहादुर गुरुङ, नेपाली जनसम्पर्क समितिका महामन्त्री बसन्त श्रीनेट, खोटाङ गुरुङ समाजका अध्यक्ष गोपाल गुरुङ, आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम बि थापा मगर आदि सो कार्यक्रममा सहभागी र्थिए ।
स्वागत मन्तव्य लेखक तथा साहित्यकार नरजित राईले गरेका थिए भने संस्थाको उदेश्यको बारेमा कवि मोहन गुरुङले बोलेका थिए । अन्य वक्ताहरूमा सृजनसिल समाजका हाङयुग अज्ञात र खोटाङ समाजका अध्यक्ष सुबास राई रहेका थिए।यसैगरी प्रमुख अतिथिबाट समाजको उद्देश्य प्राप्ति होस् भन्ने कामना र विश्वास ब्यक्त गरेका थिए।यस कृतिमा जम्मा बीस जना लेखकहरूको सिर्जना रहेको छ । लेखकहरुमा मालिक राम राई ‘वोयिगी”, राई चन्द्र दुमी, पबित्रा राई, नरजित राई, किन्दर राई, पिताम्बर राई, विष्णु नन्द चाम्लिङ, मनीराज साम्पाङ राई, एस।के।पूर्बेली,रविन राई, हिमकला राई, रेनुका राइ, प्रकाश रोदुङ, विमल चाम्लिङ राई, मोहन कुमार गुरुङ, रजिन चाम्लिङ राई, रामकृष्ण वान्तावा, नारायण रतन्छाली, पेङ्गुइन राई र किराती भोगेन एक्ले रहेका छन्।कृति बेचबिखनबाट प्राप्त सम्पूर्ण रकम कोषमा जम्मा गरिने र कोष आगामी एक बर्षभित्र पूरा गर्ने उद्देश्य रहेको जनाइएको थियो।उक्त कार्यक्रममा कविता वाचन पनि गरिएको थियो।उक्त कार्यक्रमलाई मूलबाटो डट कमले प्रत्यक्ष प्रसारण गरेको थियो। फोटो-युग कृष्ण राई
प्रतिक्रिया