‘पतिको कानुन’ संसदमा ?

‘पतिको कानुन’ संसदमा ?


onsari-gharti

माओवादी नेता वर्षमान पुनकी धर्मपत्नीसमेत रहेकी सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री खड्गप्रसाद ओलीबाट नराम्रोसँग झापड खाइन् । मंगलबार बिहान नौ बजे प्रधानमन्त्रीनिवास बालुवाटार पुगेकी घर्तीसँग प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘संसद्मा छलफल गरी पारित गर्नका निम्ति राखिएको सरकारी एजेण्डा तपाईंले कुन कानुन–नियमअन्तर्गत हटाउनुभयो ? तपाईंका पतिले जे भन्यो त्यही गरेर संसद् चल्छ ?’ ओलीले यसरी प्रश्न गर्दै अगाडि भने, ‘तपाईं आफ्ना पतिको चङ्गुलबाट मुक्त हुन सक्नुहुन्न भने तपाईंका चङ्गुलमा एमाले पर्दैन, उम्कन्छ । सरकारी एजेण्डा यथावत् कार्यसूचीमा राख्नुहोस्, होइन भने राम्रो हुँदैन ।’

यसरी प्रधानमन्त्री ओली कड्किएर प्रस्तुत भए पनि सभामुख ओनसरीले भने संयम राखेको बुझिएको छ । उनले ‘केपी ओली राजनीतिमा आफ्नो गुरु भएको स्पष्ट गर्दै भनिन्, ‘राजनीतिक सहमतिका आधारमा निर्णय लिनेछु, मैले पक्षपातपूर्ण व्यवहार गरेको छैन र गर्न पनि चाहन्न । प्रधानमन्त्रीजीले पनि राजनीतिक सहमतिका निम्ति एउटा ठोस पहल लिइदिनुहुन अनुरोध गर्दछु ।’ सभामुख ओनसरीका कुरामा प्रधानमन्त्री ओली ढुक्क भएका त छैनन्, तथापि उनले आफ्नो भूमिका सचेततापूर्वक निर्वाह गर्नेमा भने ओली विश्वस्त भएका छन् । प्रधानमन्त्री ओलीले सरकारद्वारा प्रस्तुत एजेण्डा समावेश नगरिए संसद् चल्न नदिने जानकारी सभामुखलाई गराएका छन् ।