लण्डन । एउटा अध्ययनबाट थाहा लागेअनुसार डेमोक्रेटिक रिपब्लिकन अफ कोङ्गोमा प्रत्येक नब्बे सेकेण्डमा एकजना महिला बलात्कार हुने तथ्य प्रकाशमा आएको छ । पब्लिक हेल्थ नामक आमेरिकी पत्रिकामा अनुसन्धन्कर्ताहरुले कुनै पनि महिला त्यस राष्ट्रमा यौन अपराधिक कृयाकलापबाट सुरक्षित छैनन् भनेर समाचार प्रकाशित गरिएको छ ।
तीन हजार चारसय छत्तीसजनालाई लिएर सर्वेक्षण गरेको प्रतिवेदनअनुसार मध्य अफ्रिकास्थित गृहयुद्धको चपेटमा ग्रस्त भएको राष्ट्रमा वर्षैभरि लगातार बलात्कारको अपराधिक घटनाबाट चार लाखभन्दा बढी महिलाहरु बलात्कारको शिकार भइरहेका छन् । गृहयुद्धको प्रभाव नभएका ठाउँहरुमा पनि महिलाहरु बलात्कृत भई नै रहेका छन् भन्ने तथ्य उजाग्ार भएको छ । यो तथ्य अमेरिकी सरकारद्वारा खटिएका अनुसन्धान टोलीले हालै प्रस्तुत गरेको प्रतिवेदनमा सार्वजनिक गरिएको छ । हालको सूचना पहिले युनेस्कोले दिएको सूचनाभन्दा बढी जानकारी र तथ्यपरक रहेको थाहा हुन आएको छ । शान्ति सुरक्षाको पहल भए तापनि यस राष्ट्रमा सन् १९९८ सालबाट शुरु भएको दोश्रो कोङ्गोली युद्धमा हालसम्म ५४ लाख मानिसहरुको मृत्यु भइसकेको छ । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया