प्रमोदको ‘तिमीलाई…’ सार्वजनिक

प्रमोदको ‘तिमीलाई…’ सार्वजनिक


12 pramod-nirban News

‘जब तारा गनेर, एक्लै टोलाउँछौ’, ‘कस्तो मोडमा ल्याई छाडिदियौ,’ ‘किन यसरी बिनाअर्थमा’ जस्ता चर्चित गीतका गायक प्रमोद निर्वाणको नयाँ गीत ‘तिमीलाई…’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित गत शनिबार आयोजित एक कार्यक्रमबीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । जीवन थापाको निर्देशनमा बनेको यस म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ पत्रकार भरत शाक्य प्रमुख अतिथि थिए । कार्यक्रममा शाक्यले गायनमा निरन्तरता दिएकोमा खुसी व्यक्त गर्दै नयाँ एल्बमको सफलताको शुभकामना दिए भने निर्देशक थापाले गीतको कथाअनुसार म्युजिक भिडियो तयार पारेको उल्लेख गरे । गायक प्रमोद निर्वाणले सबैको सहयोगले यहाँसम्मको यात्रा जारी रहेको बताए । उनले केही गीतका अंश गाएर सुनाएका थिए । कार्यक्रममा उदीयमान साहित्यकर्मी किशोर घिमिरेले पनि म्युजिक भिडियोबारे मन्तव्य दिएका थिए ।

छाङ्छाको अङ्ग्रेजी कविता प्रकाशित
साहित्यकार जय छाङ्छाद्वारा लिखित अङ्ग्रेजी कवितासङ्ग्रह द्याट आई लभ्ड द वल्र्ड प्रकाशित भएको छ । कवि जयले भारत र कतारमा रहँदा लेखेका कविता यात्रा कविताका रूपमा प्रकाशित गरेका हुन् । पुस्तकमा करिब चार दर्जनजति कविता समेटिएका छन् । कवि छाङ्छाले आफू भारत र कतारमा रहँदा त्यहाँको वातावरणबाट अभिप्रेरित भई लेखेका कवितालाई पुस्तकको रूप दिएको बताए ।