माधव नेपालद्वारा पार्टी फुटाइदिने धम्की !

माधव नेपालद्वारा पार्टी फुटाइदिने धम्की !


Madhav
नेकपा एमालेका नेता माधवकुमार नेपालले गत आइतबार पार्टीका महासचिव ईश्वर पोखरेललाई टेलिफोन गरी एमाले फुटाइदिने धम्की दिएको समाचार प्राप्त भएको छ । युवाहरूलाई उद्यमी–व्यवसायी बन्न सहयोग पुर्‍याउने उद्देश्यले सरकारद्वारा गठित युवा परिषद्को करिब साठी जिल्लामा प्रधानमन्त्री खड्ग ओलीका समर्थकको चयन भएपछि माधव नेपाल क्रूद्ध भएका छन् । आफ्नो गृहजिल्ला रौतहटको जिल्ला परिषद् प्रमुखमा आफ्नो सबैभन्दा विरोधी भनेर चिनिएका व्यक्तिलाई नियुक्त गरिएपछि नेता नेपालले क्रोद्ध थाम्न सकेनन् र महासचिव पोखरेललाई टेलिफोन गरे । रौतहटको युवा परिषद् प्रमुख बनाउँदा आफूसँग छलफल नगरेको र सामान्य सोधनीसम्म नराखेको भन्दै नेता नेपालले महासचिव पोखरेलसँग आफ्नो असन्तोष जाहेर गरेका थिए । क्रोधित नेपालले पोखरेललाई ‘के मलाई पार्टी विभाजन गर्न बाध्य तुल्याउन खोजेको हो’ भनी प्रश्न गर्दा पोखरेलले ‘आजै, तुरुन्त पार्टी फुटाउनुभए हुन्छ, सक्नुहुन्छ’ भनी जवाफ फर्काएको बुझिएको छ । माधव नेपाल आफ्नो आकारभन्दा बढी चर्किएर प्रस्तुत भएपछि पोखरेलले त्यसरी जवाफ फर्काउनुपरेको बताइन्छ ।