बेलायतको आर्थिक मन्दीमा र्सवाधिक मूल्य बृद्धि

बेलायतको आर्थिक मन्दीमा र्सवाधिक मूल्य बृद्धि


लण्डन । विगत ३० महिनादेखि बेलायतको निरन्तर आर्थिक मन्दी बढ्दै गइरहेको हुनाले ब्यांक अफ इङ्गल्याण्डले यस महिनाभित्र मूल्य ५ प्रतिशतसम्म बृद्धि हुनसक्ने कुरा सचेत गरेको छ । आर्थिक मूल्यबृद्धि शीर्षकमा उपभोक्ता मूल्य सूचकांकले अप्रिल महिनामा चार दशमलव पाँच प्रतिशत बृद्धि भएको तथ्याँक देखाएको थियो । यो सूचकाँक अक्टुबर २००८ सालदेखिको सबैभन्दा अधिक हुन आएको छ । आर्थिकमन्दी र मूल्यबृद्धिको बारेमा अर्थविदहरुले अघिल्लो महिनाका लागि चार दशमलव दुर्इ प्रतिशतसम्म बृद्धि हुने अनुमान गरेका थिए । मूल्यबृद्धिमा खास असर गर्ने आम चाहिने र प्रयोग गरिने सामग्री तथा वस्तुहरुमा विद्युत, ग्यास, खानेकुराहरु, मदिरा र सूर्तिजन्य वस्तुहरु ३ दशमलव २ देखि बृद्धि भएर ३ दशमलव ७ पछिल्लो महिनाभन्दा यस महिनामा बृद्धि भएर आएको छ । यसरी मूल्यबृद्धिको तथ्यांक संकलन गर्ने क्रम सन् १९९७ सालदेखि शुरु गरेको थियो । गत मार्च महिनामा सुपर मार्केटहरुको प्रतिस्पर्धाले गर्दा ४ दशमलव ४ देखि ४ प्रतिशतमा मूल्य घट्न गएको थियो । तर, अप्रिल महिनाको शुरुसँगै फेरि मूल्यबृद्धि चुलिन थालेको तथ्य प्रकाशमा आएको छ । जहाजभाडा मार्च र अप्रिल महिनामा २९ प्रतिशतको बृद्धि भएको छ । एकै महिनाभित्र मदिरा र सिगरेटको मूल्यहरू पनि ट्याक्स बृद्धिले गर्दा बढेर पाँच दशमलव तीन प्रतिशतको हिसाबमा बृद्धि भएको छ । त्यसैगरी तेल र खानेकुराको भाउ पनि बृद्धि भएर उकालो लागेको छ । श्रोत : टेलिग्राफ, सुमल, मेस ।