आर्मी क्लबमा ‘काठमाण्डु वाराणसी साङ्गीतिक सन्ध्या’

आर्मी क्लबमा ‘काठमाण्डु वाराणसी साङ्गीतिक सन्ध्या’


19 PR 2

भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानले सुरसुधा र सिद्धार्थ आर्ट ग्यालरीसँग मिलेर एक विशेष साङ्गीतिक कार्यक्रमको आयोजना गरेको छ । ‘काठमाण्डु वाराणसी साङ्गीतिक सन्ध्या’ नाम दिइएको सो कार्यक्रम गत शनिबार आर्मी अफिसर्स क्लबमा आयोजना भएको हो ।

यस मनोरञ्जनात्मक कार्यक्रममा नेपाली सङ्गीतकर्मीसँग मिलेर आफ्नो प्रस्तुति दिनका लागि वाराणसीबाट चार शास्त्रीय सङ्गीतकार काठमाडौं आएका थिए । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यता रहेको उक्त साङ्गीतिक साँझमा नेपालको चर्चित साङ्गीतिक समूह सुरसुधा र गायक डा. विष्णु पौडेलले अत्यन्त सुरम्य प्रस्तुति दिएका थिए भने सुपरिचित गायक एवम् सरोदवादक मोहनसुन्दर श्रेष्ठको प्रस्तुति पनि चित्ताकर्षक रहेको थियो । भारतीय कलाकारहरू श्रीमती श्रावणी विश्वास (सितार), सञ्जय बर्मा (हवाइन गिटार), रजनिश तिवारी (तबला) र रामशङ्कर (गायन) उक्त कार्यक्रममा आफ्नो लोभलाग्दो प्रस्तुतिका साथ उपस्थित थिए ।

पाँच सयभन्दा बढी सङ्गीतप्रेमी दर्शकको उपस्थिति रहेको ‘काठमाण्डु वाराणसी साङ्गीतिक सन्ध्या’मा विदेशी कूटनीतिज्ञ, नेपाली सेनाका उच्चाधिकारी, कला–सङ्गीत क्षेत्रका व्यक्तित्वहरूका साथै विभिन्न क्षेत्रमा संलग्न सङ्गीतप्रेमीहरूले उक्त मनोरम साङ्गीतिक प्रस्तुतिको आनन्द उठाएका थिए ।
19 PR 1