लण्डन । एकजना ब्रिटिश नागरिक, एन्ड्रयू ग्राहाम नामक व्यक्ति एकजना पाकिस्तानी नागरिक हसन हबिबसँग दुबइको मल अफ एमिरेट्समा झगडा भएको रहेछ । झगडाको क्रममा उनले इस्लाम धर्मलाई अपमान गरेको अभियोग हबिबले उनलाई लगाएको थियो । हबिबका अनुसार -ग्राहामले उनलाई उनी कुन देशबाट आएका हुन् भनेर सोधेका थिए । उनले आफू पाकिस्तानबाट आएको भनेपछि उनले पाकिस्तान एउटा असफल राष्ट्र रहेको उल्लेख गर्दै त्यहाँका सबै मानिसहरु बौलाहा भएको कुरा ग्राहामले भनेको भनेर आरोप लगाएका छन् । त्यसपछि उनले ग्राहामले भनेको भन्दै ….. सबै मुसलमानहरु बौलाहा हुन् र प्रोफेट मोहम्मद पनि एकजना आतंककारी हुन् ….. अदालतमा बयान दिएका थिए । ग्राहामका अनुसार …हबिब पागल हो उनले तालीबानहरुलाई सपोर्ट गर्छन्.. मैले इस्लामलाई अपमान गर्ने खालको त्यस्तो केही कुरा भनेको थिइनँ … भनेका छन् ।
४० वर्षीय ग्राहामलाई यदि अभियोग प्रमाणित भए एक वर्षको जेल सजायँ हुन सक्ने कुरा बताइएको छ । ग्राहाम अदालतमा प्रस्तुत हुँदा झुत्रै पत्लुनमा उपस्थित भएकाले उनलाई पत्लुन फेरेर आउनको लागि न्यायधीशले आदेश दिएका थिए । ग्राहाममाथि लगाएको अभियोग अदालतमा प्रमाणित भएता पनि न्यायधीशले आफ्नो फैसला अर्को महिनसम्मका लागि स्थगित राखेका छन्, तबसम्मलाई उनी धरौटीमा छुटेका छन् । विगत केही वर्षयतादेखि बेलायती नागरिकहरुलाई दुबइमा गलत व्यवहारहरु गरेका कारण मुद्धाहरु चलाउँदै आइरहेको छ । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया