कुमार लामा निर्दोष सावित

कुमार लामा निर्दोष सावित


Kumar-lama

बेलायतमा यातनासम्बन्धी मुद्दा खेपिरहनु भएका नेपाली सेनाका महासेनानी कुमार लामाले सफाइ पाउनुभएको छ । पर्याप्त प्रमाण वा आधारबिना मुद्दालाई थप अघि बढाउन नसकिने बेलायती अदालतले निर्णय गरेपछि लामाले सफाई पाउनुभएको हो ।

सशस्त्र द्वन्द्वकालमा पक्राउ परेका व्यक्तिलाई यातना दिएको भन्ने उजुरीका आधारमा महासेनानी लामा तीन वर्षअघि बेलायतमा परिवार भेट्न जाँदा पक्राउ पर्नुभएको थियो । तर, मुद्दाको सुनुवाइ गर्दै आएको बेलायती अदालतले महासेनानी लामाविरुद्धको मुद्दामा पर्याप्त प्रमाण नपुगेकाले उहाँको पक्षमा फैसला सुनाएको बताइएको छ । बेलायतले उहाँविरुद्ध युद्ध अपराधसम्बन्धी मुद्दामा कारबाही अघि बढाएको थियो ।