कार्की क्यानडातिर

कार्की क्यानडातिर


lokmansing-karki

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की क्यानडाको दुई साताव्यापी भ्रमणमा जानुभएको छ । सर्वोच्च अदालतले कार्कीको प्रतिकूल आदेश सुनाउँदै गरेको परिपे्रक्ष्यमा उहाँको भ्रमणलाई लिएर नेपालमा अनेकौँ टीका–टिप्पणी सुरु भएका छन् । प्राप्त जानकारीअनुसार गत भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुरूप प्रमुख आयुक्त कार्की क्यानडातर्फ प्रस्थान गर्नुभएको हो । मन्त्रिपरिषद्को सो बैठकले असोज ३ देखि २१ गतेसम्म क्यानडा भ्रमणका निम्ति कार्कीलाई अनुमति प्रदान गरेको थियो । क्यानडास्थित भ्रष्टाचारविरुद्ध कार्यरत निकाय तथा अन्य सम्बन्धित निकायका प्रमुखहरूको निमन्त्रणामा प्रमुख आयुक्त कार्की क्यानडा प्रस्थान गर्नुभएको अख्तियारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । प्रमुख आयुक्तको यस भ्रमणबाट अन्तरदेशीय भ्रष्टाचार नियन्त्रणका लागि समझदारी, सहकार्य र सहयोग प्रवद्र्धन गर्ने उद्देश्य रहेको विज्ञप्तिमा जनाइएको छ । असोज २१ सम्मका निम्ति सरकारले औपचारिक भ्रमणको अनुमति दिएको भए पनि कार्कीको सोभन्दा पहिले नै स्वदेश आगमन हुने बुझिएको छ ।