दीपक दीपाकाे छक्कापञ्जाले बेलायतमा छक्कैछक्का

दीपक दीपाकाे छक्कापञ्जाले बेलायतमा छक्कैछक्का


6n5लन्डन । नेपालमा हास्यमनारञ्जनात्मक टेली श्रृंखलाहरूमा ख्याती कमाएका हास्य कलाकारहरूका सहभागिता रहेकाे नेपाली चलचित्र छक्कापञ्जा गत हप्ता बेलायतकाे अल्डरसटमा पूर्ण सफलरूपमा प्रदर्शित भइसकेकाे छ र अागामी महिनाकाे १६ तारिख लण्डनकाे ग्रीनफाेर्डमा भव्यरूपमा प्रदर्शित हुँदैछ ।
5n6केहीअगाडि वडा नम्वर ६काे अभूतपूर्व सफलताले हाैसिएका हास्यकलाकाहरूका टाेलीकाे याे दाेस्राे चलिचत्रले नेपालभरि सबैतिर अपार सफलता हासिल गरिरहेकाे छ । चर्चित हाँस्य कलाकार दीपकराज गिरी र दिपाश्री निरौलाद्वारा निर्मित उक्त चलचित्रलार्इ दीपाश्री निराैलाले निर्देशन गरेकीछिन् जसमा दिपकराज गिरी, प्रियन्का कार्की, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे (माग्ने बूढो) वर्षा राउत, नम्रता सपकोटा लगायका कलाकारहरु रहेका छन् ।
6565बेलायती नेपाली दर्शकहरूका मागलार्इ ध्यानमा राखेर नेप्लिज इन्टरटेनमेन्ट यूकेका वीरेन खड्का, राजेन गुरुङ, अनिल मल्ल र दीपक खड्काले यस चलचित्रलाई बेलायतमा ल्याएका हुन् । वडा नम्बर ६काे भन्दा छक्कापञ्जाले ज्यादा सफलता पाउने अगाडि नै गरिएकाे अनुमानअनुसार नेपाललगायत बेलायतमा यस चलचित्रले ख्याती कमाइरहेकाे छ । लण्डनमा रहेका नेपालीहरूका मागलार्इ ध्यानमा राखेर दशैं र तिहारकाे उपलक्ष्यमा ग्रीनफाेर्डकाे प्रदर्शनीमा दर्शकहरू खचाखच हुने मानिएकाे छ । टिकटहरू धमाधम बिक्रि भइरहेका छन् ।