प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि नयाँ शक्तिले आन्दोलन गर्ने

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि नयाँ शक्तिले आन्दोलन गर्ने


brb

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालमा संसदीय व्यवस्था अस्थिर भएकै कारण गरिबी र पछौटेपन हट्न नसकेकाले अब शासकीय स्वरुप फेर्नुको विकल्प नरहेको बताएका छन् । काठमाडौंमा मंगलबार नयाँ शक्ति पार्टी, नेपालको प्रशिक्षण विभागले आयोजना गरेको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण मन्तव्य राख्दै उनले भने– ‘यस्तो अस्थिर प्रकारको शासकीय स्वरुपको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका निम्ति नयाँ शक्ति पार्टीले सशक्त आन्दोलनको तयारी गर्नेछ ।’

डा. भट्टराईले नयाँ शक्ति पार्टीको टेक्ने आधार नेपाली समाजको बहुवर्ग भएको तर्क गर्दै कामचोर वर्गबाहेक पुँजीपति, श्रमजीवी, बुद्धिजीवी सबै तप्काको प्रतिनिधित्व नयाँ शक्तिले गर्ने बताए । उनले यही वर्गका बीच नयाँ शक्तिलाई स्थापित गराएर आगामी निर्वाचनबाट आप्mनो शक्तिलाई राजनीतिक रुपमा वैकल्पिक शक्तिका रुपमा जनताबीच स्थापित गर्ने धारणा राखे । बदलिएको परिस्थतिअनुरुप नयाँ शक्तिलाई विकसित गर्दै सँधै नयाँ शक्तिकै रुपमा स्थापित गर्ने लक्ष्य आफूहरुले लिएको भन्दै नयाँ शक्ति आर्थिक, सांस्कतिक र आचरणका हिसाबमा पनि खुल्ला र पारदर्शी शक्ति हुने उल्लेख गर्दै भट्टराईले नेपाल आर्थिक रुपमा सम्पन्न दुई ठूला राष्ट्र चीन र भारतबीचको गतिशील पुल भएको बताए ।

कार्यक्रममा पार्टीका सहसंयोजक रामचन्द्र झाले राष्ट्रियताको पुनःव्याख्या विषयमा आफ्ना धारणा राख्दै नेपाल विविध राष्ट्रियता भएको देश भएकोले सबै राष्ट्रियताहरुको सम्मान र पहिचानले मात्रै इन्द्रधनुषी राष्ट्रवाद बन्ने र त्यो नै नेपालको विशिष्ट पहिचान हुने तर्क गरे । यस्तै, पार्टीका प्रवक्ता खिमलाल देवकोटाले विश्व नै अहिले वैकल्पिक राजनीति र वैकल्पिक विचारको बहसमा रहेकोले नेपालमा पनि वैकल्पिक राजनीतिको आवश्यकता रहेको चर्चा गरे । पार्टीका संसदीय मामिला विभाग प्रमुख केशव दाहालले विश्वमा प्रचलित लोकतन्त्रका मोडेलहरुको चर्चा गर्दै अबको आवश्यकता जनताको साँचो प्रतिनिधित्व हुने सहभागितामूलक, समावेशी र प्रत्यक्ष्य लोकतन्त्र नै लोकतन्त्रको वैकल्पिक मोडेल हुने बताए । कार्यक्रममा कल्पना धमला र पर्शुराम तामाङले पनि बोलेका थिए ।
mass-1