बिन्तीरामको बिन्ती यसरी सुने मन्त्री केसीले

बिन्तीरामको बिन्ती यसरी सुने मन्त्री केसीले


arjun

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले बाँके, बर्दिया, दाङ र सुर्खेतका बाढीपीडितहरुको समस्या अत्यन्त संवेदनशील रहेको स्वीकार गर्दै उनीहरुको समस्या समाधानका लागि आवश्यक कदम चालिने बताउनुभएको छ । मंगलबार सहरी विकास मन्त्रालयमा बाँके, बर्दिया, दाङ र सुर्खेतका बाढीपीडितहरुको प्रतिनिधी मण्डलसँगको भेटमा मन्त्री केसीले समस्या समाधानका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने काम तत्काल सुरु गर्ने र अन्तरमन्त्रालय समन्वय गरी यथाशक्य छिटो राहत वितरणको वातावरण वनाउने विश्वास समेत दिलाउनुभयो ।

मन्त्री केसीले वाढीपीडितलाई पनि भूकम्पपीडित सरह अनुदान दिने मन्त्रिपरिषदबाट निर्णय भएकोमा सोको कार्यान्वयनको अवस्था, व्यवधान भएमा सोको विवरण एवं समाधानका उपायसहित कार्ययोजना प्रस्तुत गर्न मन्त्रालयका उच्च अधिकारीहरुलाई आफूले निर्देशन दिइसकेको उल्लेख गर्दे आवश्यक परे मन्त्रीपरिषदवाटै बिशेष निर्णय गराउन आफू लागि पर्ने समेत बताउनुभयो ।

वर्दियाबाट व्यवस्थापिका संसदमा प्रतिनिधीत्व गर्ने सांसदहरु संजयकुमार गौतम, श्यामकुमार ढकाल, गोपाल दहीत, कासिम सिद्धिकी र निर्मल सुवेदी सहितको प्रतिनिधीमण्डलले मन्त्री परिषदको निर्णय कार्यान्वयन नहुँदा वाडीपीडितहरु २ वर्षदेखि त्रिपालमै बस्न बाध्य भएको र उनीहरुको जीवन कष्टकर बन्दै गएकाले तत्काल समस्या समाधानको पहल गर्न मन्त्री केसीसँग आग्रह गरेका थिए ।

त्यस क्रममा बाढिपीडित वर्दीया जिल्ला संघर्ष समितिका अध्यक्ष बिन्तिराम थारुले २०७१ साल साउन २९ र ३० गतेको भिषण वाढीले वर्दीयामा मात्र १७ हजार घरमा क्षती पु¥याउँदा ८८ हजार नागरीक प्रभावित भएको जानकारी गराउनुभयो ।
arjun-2