बयासी किलोको गोल्ड रिङ

बयासी किलोको गोल्ड रिङ


gold-ring

विश्वकै ठूलो सुनको औँठी निर्माण गरेर चीनले अर्को एक नयाँ कीर्तिमान कायम गरेको छ । साङ्घाईमा बनेको विश्वकै ठूलो औँठीको तौल ८२.२ केजी रहेको छ भने यसले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो उपस्थिति जनाइसकेको छ । यसअघि दुबईमा बनेको ६४ केजीको औँठी विश्वकै ठूलो गोल्ड रिङको रूपमा चिनिएको थियो ।