Source: Bachaspati Regmiलण्डन। गैरअावासीय नेपाली संघ, बेलायत शाखाकाे अध्यक्षता लिएका मुछेत्र गुरूङले संस्थाकाे अाफ्नै भवन हुनुपर्दछ भन्ने मान्यता राखी नेपाल हाउसकाे परिकल्पना गरेका थिए । गुरूङकाे साेही परिकल्पनालार्इ मूर्त रूप दिन उनकाे समिति लागी परेकाे थियाे । विभिन्न संघसंस्थाका कार्यक्रमहरूमा एनअारएनएकाे अाफ्नै भवनकाे लागि सहयाेग गर्नकाे लागि अार्थिक सहयाेगकाे अपील गर्दै हिँडेकाे साे संस्थाले सामाजिक सञ्जालकाे पनि व्यापक प्रयाेग गरेकाे थियाे । साे चरमकाे उत्कर्षमा हिजाे अल्डरसटस्थित एम्यायर हलमा साे संस्थाले एक च्यारिटि कार्यक्रमकाे अायाेजना गरी एक लाख बार्इस हजार पाउण्डभन्दा बढी रकमकाे अार्थिक सहयाेग जुटाउन सफल भएकाे छ ।
Source: Bachaspati Regmiबेलायतस्थित विभिन्न संघसंस्थालगायत गण्यमान्यहरूबाट एनअारएनए यूकेकाे नेपाल हाउसकाे लागि अार्थिक सहयाेग गरिएकाे हाे । बताइएअनुसार, व्यक्तिगत रूपमा व्यवसायी रवि लामिछानेले ५ हजार ७ सय २७ पाउण्डकाे अार्थिक सहयाेग गरेका थिए । संस्थाका अध्यक्ष मुछेत्र गुरूङले साे च्यारिटि कार्यक्रमकाे सभापतित्व गरेका थिए, जसमा प्रमुख अतिथि थिए सांसद तथा एमाले नेता कृष्णभक्त पाेखरेल, विशेष अतिथि बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, एनअारएनएका क्षेत्रीय संयाेजक कूल अाचार्य, पूर्व अध्यक्ष सूर्य गुरूङ अादिले अाअाफ्नाे मन्तव्यहरू राखेका थिए भने नेपाल हाउस प्राेजेक्टका बारेमा र्इन्जिनीयर राजेश पाठकले नेपाल हाउसबारे स्लाइडमार्फत प्रिजेन्टेशन प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया