दुई कामरेडको नजरमा मात्रै ‘सातौँ’ सफल

दुई कामरेडको नजरमा मात्रै ‘सातौँ’ सफल


sport-2

‘सातौँ’को फितलो आयोजनाको यत्रतत्र सर्वत्र चर्चा भइरहेको अवस्थामा दुई कामरेडले मात्रै सातौँ सफल भएको बताएका छन् । जसमा युवा तथा खेलकुदमन्त्री तथा सातौँ मूल आयोजक कमिटीका अध्यक्ष दलजित श्रीपाली र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव तथा प्रतियोगिताका संयोजक केशवकुमार विष्ट परेका छन् । ती दुवैले स्वरमा स्वर मिलाउ“दै, तालमा ताल ठोक्दै सातौँलाई उपलब्धिपूर्ण र सफल राष्ट्रिय प्रतियोगिताको संज्ञा दिएका छन् । यी दुवैले कुन कोणबाट सातौँलाई यस्तो सफल देखे र बखान गरे त्यो अहिले बुझ्न सकिएको छैन । तर, यो टिप्पणी र बखानले मन्त्री श्रीपाली र सदस्यसचिव विष्ट हा“सोको पात्र भने अवश्य बनेका छन् । उनीहरूको यो स्वर र तालमा कतै आर्थिक चलखेलको गन्ध त लुकेको छैन– अहिले चर्चाको विषय बनेको छ । अन्यथा कहा“ एमाले, कहा“ माओवादी ‘सुर मिले तुम्हारे हमारे’ कसरी सम्भव छ ? यहा“ ठूलै खिचडी पाकेको हुनसक्छ ।

सातौँको हरिबिजोगको समाचार सञ्चारमाध्यममा छ्यापछ्याप्ती आएपछि सातौँको समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले नजाने निर्णय गरेका थिए । त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुन समापन समारोहका प्रमुख अतिथि बनेका थिए । समापन समारोहमा आयोजक कमिटीका पदाधिकारीहरूले सातौँको जति बखान गरे पनि उपराष्ट्रपति पुनले सातौँ निस्प्रभावी भएको बताएपछि सबै भ्यागुतोझैँ उत्तानो परेका थिए । पुनले भौतिक पूर्वाधार निकै कमजोर भएको भन्दै सातौँ कसरी सम्पन्न भयो त्यसमा जिज्ञासा राखेका थिए ? तैपनि सातौँ सम्पन्न भएको छ, यो राम्रो पक्ष हो, तर भविष्यमा राष्ट्रिय प्रतियोगिताको मर्ममाथि प्रहार हुने गरी प्रतियोगिताको आयोजना गर्न नहुने बताए । पुनले राष्ट्रिय शब्दको अर्थमाथि खेलवाड नगर्न अनुरोधसमेत गरेका थिए ।

तर, विडम्बना ! खेलकुदमन्त्री श्रीपाली सातौँले नेपाली खेलकुदमा आइस ब्रेक गरेको बताउन पछि परेनन् । सातौँ फितलो आयोजना गरेर आइस ब्रेक गरेको हो कि उपलब्धिपूर्ण ? त्यसको व्याख्या भने श्रीपालीले गर्न भ्याएनन् । उनले केही कमी–कमजोरीका बाबजुद पनि सातौँ सम्पन्न भएको भन्नचाहि“ भ्याए । कमी नै कमी, कमजोरी नै कमजोरी भएको सातौँमा उनले केही मात्रै कमजोरी देख्नुमा मिलेमतोको गन्ध आएको थियो । उनको यो कथनले आयोजना स्थलको अनुगमन गर्दा श्रीपालीले लगाएको चस्मा चेन्जेबल थिएन भन्ने प्रमाणित गरेको छ । त्यस्तै, सदस्यसचिव विष्टले सातौँ समापन हुनुलाई नै उपलब्धि मान्नुले सोझै अड्कल र अनुमान लगाउन सकिन्छ कि सातौँ कसरी सञ्चालन भएको थियो भनेर । जसले गर्दा पहिलोपटक पूर्वाञ्चलमा आयोजना भएको सातौँ राष्ट्रिय प्रतियोगिता पूर्वाञ्चलका लागि दुःस्वप्नजस्तै भएको छ । सातौँको फितलो आयोजनाले पूर्वाञ्चलको मान, सम्मान र प्रतिष्ठामा समेत दाग लागेको छ । जसको क्षतिपूर्ति कसले गर्ने हो त्यो अहम् विषय बनेको छ ।