लण्डन । एकजना ९ वर्षीया केटीले आफूलाई पाकिस्तानी आतंककारीहरुका समूहले आत्मघाती बम पहिर्याएर मानवबम बनाउन खोजेको बेलामा उनीहरुका पञ्जाबाट उम्कन सफल भएकी कुरा भनेकी छिन् । साहोना जावेद नाम गरेकी केटीलाई आफ्नो स्कुलको नजिकैबाट अपहरण गरेर आतंककारीहरुले लगेका थिए । त्यसपछि उनलाई रिमोट कन्ट्रोलबाट विष्फोट गराइने बमयुक्त विष्फोटक ज्याकेट जबरजस्ती पहिर्याएका थिए । तर, तिनलाई अपहरण गरेका मानिसहरुले तल्लो डीन क्षेत्रको सैनिक चौकीमा पठाउनुभन्दा पहिले तयारी गरिरहेका बेलामा त्यहाँबाट उम्केर भाग्न सफल भएकी थिईन् । सोहना त्यहाँबाट भागेर चौकीमा पुगेर आफूलाई लगाइदिएका विष्फोटक पदार्थले भरिएको ज्याकेट देखाउँदै … मैले आफूलाई समातिरहेकी महिलाको हात छुडाउने मौका पाएँ अनि म भागेर आएकी हुँ… सैनिक जवानलाई भनेकी थिईन् । तिनी शनिवारको दिन पेशावरको आफ्नो स्कुल जाँदै गरेको बेलामा २ जना महिलाहरुले समातेर एउटा कारमा लगेका थिए जुन कारमा पहिले नै २ जना पुरुषहरु पहिले नै थिए ।
एकजनाले तिनको मुखमा रुमाल कोचेर तिनलाई विहोश पारेकी थिईन् । प्रहरी प्रमुख सलिम मारवातका अनुसार सहोनालाई एउटा संन्दिग्ध घरमा पुर्याएका थिए जहाँ तिनलाई ९ केजी वजन भएको विष्फोटक बम पहिर्याएर राखेको हालतमा तिनको होश खुलेको थियो । उनले अघि संवाददाताहरुलाई भने… कम उमेरकी भएकी हुनाले विष्फोट गर्नकालागि आतंककारीहरुले रिमोट कन्ट्रोल प्रयोग गर्न खोजेका थिए …। पाकिस्तानमा आतंककारीहरुले ससाना बालकहरुलाई बेलाबेलामा आत्मघाती हमलाका लागि प्रयोग गर्दछन्, तर, केटीहरुलाई एकदमै कम प्रयोग गर्दछन् । श्रोत – नेट, सुमल,मेस ।
प्रतिक्रिया