क्षेत्री समाज यूकेको च्यारिटि कार्यक्रम भव्यरुपमा सम्पन्न

क्षेत्री समाज यूकेको च्यारिटि कार्यक्रम भव्यरुपमा सम्पन्न


16107402_10154915030824282_6256494536349408852_oअल्डरसट, बेलायत । क्षेत्री समाज बेलायतले आफ्नो आपतकालीन कोष वृद्धिको लागि हिजो अल्डरसटस्थित एम्पाएर हलमा एक भव्य च्यारिटि डिनर तथा सांस्कृतिक सांझ सम्पन्न गरेको छ । बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी क्षेत्रीको प्रमुख आतीत्थमा सम्पन्न सो कार्यक्रमलाई समाजका महासचिव राजकुमार क्षेत्री र सो आपतकालीन कोषवृद्धिको आयोजक समितिका सचिव कुमार के.सी.ले संयुक्त रुपमा सञ्चालन गरेका थिए । समाजका अध्यक्ष रि.क्याप्टेन धन बहादुर कुंवरले सभापतित्व गरेका कार्यक्रमको औपचारिक चरणको शुरुवातमा नेपाली र बेलायती राष्ट्रिय गीत बजाइएको थियो, जसको लगत्तै समाजका उपाध्यक्ष रि. क्याप्टेन टेक बहादुर जी.सी.ले उपस्थित लगभग चार सयजनालाई स्वागत गरेका थिए ।

15937229_10154915045179282_5571659382970090367_oबेलायतस्थित विविध संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरुसहित बेलायतको नेपाली समाज र क्षेत्री समाजबाट उल्लासपूर्ण सहभागिता जनाइएको कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरुंग, युरोप संयोजक कुल आचार्य, समाजसेवी ध्रुव के.सी, लेबोर पार्टीका एमपी वीरेन्द्र शर्मा, कर्णेल प्रदीपजंग के.सी., कर्णेल विजय रावल, लेफ्टिनेन्ट कर्णेल जे. हान्डसन(एमबीई), सोलिसिटर राजु थापा, रि.मेजर रुद्र खड्का, विश्वआदर्श पण्डित, यूएन अफिसियल वन्दना राणा, नेपाल पत्रकार महासंघका अध्यक्ष नरेश खपांगीमगर, पशुपति भण्डारीलगायत क्षेत्री समाज बेलायतका भूपू अध्यक्षहरु ऋतिथि रहेका थिए । अन्य अतिथिहरु रहेको सो कार्यक्रममा कुल आचार्य, ध्रुव के.सी., राजदूत डा.दुर्गा बहादुर सुवेदी क्षेत्रीले मन्तव्य दिएका थिए । राजदूत डा.सुवेदीले निक्कै भावुकरुपको मन्तव्य दिएका थिए ।

15994897_10154915120654282_6808612326741529834_oदोस्रो चरणको कार्यक्रम जसलाई सुनिता थापाले सञ्चालन गरेकिथिईन्, मा गीत गायनका साथ नृत्यको प्रस्तुति रहेको थियो । दीपक थापा, रमा बानिया, दिप्ता थापा र सयपत्री समूहका प्रभुले एकल र संयुक्त रुपमा गीत प्रस्तुत गरेका थिए भने केल्शी सापकोटा, पौल गुरुंग, सेविका जी.सी., बिनी, सामुहिकमा कविता, पुष्पा, सुवाश र प्रभुले नृत्य प्रस्तुत गरेका थिए ।

16107410_10154915075089282_46188670259007226_oकार्यक्रममा लगभग १५००० पाउण्डजति जम्मा भएकाे थियाे । सहभागीहरु कार्यक्रमको उत्तरार्धमा भएको ककटेल डान्समा उल्लासपूर्ण रुपमा रमाउँदै अबेरसम्म नाचेकाथिए ।

15972417_10154915083504282_4167483105575302452_o

16107367_10154915103464282_1400166943376928177_o-भीम बानिया, तस्वीर सौजन्य नरेन्द्र बस्नेत Click here to VIEW the Album