नातिप्राप्तीको खुशीमा स्टाफलाई बिग-बोनस

नातिप्राप्तीको खुशीमा स्टाफलाई बिग-बोनस


हङकङ । हङकङका प्रोपर्टी टाइकून ली साउ-कीले आफ्नी बुहारीले आफूलाई छैटौं नाति जन्माएर दिएको खुशीमा आफ्नो १,५०० जना कर्मचारीहरुलाई प्रतिव्यक्ति हङकङ डलर दश हजार (यूएस डलर१,२८५) को दरले खुशीको बोनस रकम बाँडेका छन् । आफ्नो सो खुशीयालीलाई आफ्नाअन्तर्गतका कम्पनीहरुभित्र उत्सवको रुपमा मनाउनका लागि प्रोपर्टी ग्रुप हेन्डरसन् ल्याण्ड डिभेलोप्मेन्टका चियरम्यान ली साउ-कीले सो रकम उपलब्ध गराउन आँटेका हुन् ।
यही महिनाको अन्त्यमा बोनस रकम उपलब्ध गराउन थालिएको जानकारी ८३ वर्षीय ली साउ-कीका कम्पनी प्रवक्ताले मिडियाहरुलाई उपलब्ध गराएकिथिईन् । ली-साउ-कीको कान्छो छोरो मार्टिनले हङकङ सिनेमा अभिनेत्री क्याथी चुईलाई विवाह गरेका थिए, यो जोडीको दुईवटी छोरीहरु छन् । । ली साउ-की १९ बिलियन अमेरिकी डलरका मालिक भएकोले फोर्ब्सको धनीहरुको लिस्टमा २८औं स्थानमा छन् ।
धनका साथै मनका धनी मानिने ली साउ-कीले, आफ्नो जेठो अविवाहित छोरो पिटरले सरोगेट मदरको सहायताबाट गत अक्टोबरमा तीनवटा नातिहरु जन्माएर दिएपछि सोही महिना आफ्ना कर्मचारीहरुलाई हङकङ डलर दश हजारको दरले उक्त खुशीलाई मनाउनका लागि बोनस रकम दिएका थिए ।
जत्ति नै विकसित शहर भए तापनि हङकङमा आफ्नो वंशजलाई अगाडि लानका लागि छोरोको कामना गर्नु र त्यसरी नै खुशीको पराकाष्ठाको सार्वजनिक प्रदर्शन गर्नु आम भएको छ ।-नीर, मेस, श्रोत- नेट