लण्डन । दुईजनाको बुवाले राम्रोसँग नपाकेको बंगुरको मासु खाएकाले पक्षघातबाट पीडित भएर अस्पतालको इन्सेन्टिभ केयर युनिटमा भर्ना गरिएको समाचार प्रकाशमा आएको छ । बिमार भएको ५ महिना बितिसक्दा पनि ड्यारेन अशाल अझसम्म अस्पतालको शैयामा नै छन् र अब कसरी हिंड्ने भन्ने कुरा सिक्नुपर्ने अवस्था सिर्जना भएको छ । डाक्टरहरुले ४६ वर्षीय, ड्यारेन बचेकोमा भाग्यशाली रहेको ठहर गरेका छन् । उनले लिस्टेरिय म्यानेन्जाइटिसको किटाणु भएको मासुको टुकडा राम्रोसँग नपाकेको खाएकाले उनको शरीरको प्रतिरोधात्मक प्रक्रियालई आक्रमण गरेर किटाणुले दिमागलाई क्षति पुर्याएको थियो । यो संक्रमक किटाणु ७० दिनसम्म जीवित रहने जानकारी डाक्टरहरुले प्रकाश पारेकाछन् । यस घट्नाबाट सतर्क भएर सबैलाई बंगुरको मासु खानुभन्दा पहिले राम्रोसँग पकाएर खानाको लागि सचेत गरेका छन्, विशेषगरी बार्बेक्यु पोलेर खाँदा ध्यान दिनु अवश्यकता देखिन्छ ।
कर्ली, ल्याङकाशायरका ड्यारेन अशालले उनी कामको लागि बर्मिङघहाममा जाँदा क्याराभानभित्र रहेको स्टोभमा बंगुरको मासु राम्रोसँग नपकाएर त्यसै खाइदिएकोमा पछुतो गरेका छन् र उनले अस्पतालमा आफूलाई गल्तीबोध भएको कुरा पनि भनेका थिए । उनको स्थिति एकदमै छिटो छिटो नाजुक भएर गइरहेको थियो अनि आफूलाई हृदयाघात भएको होकि भनेर जँचाउन गएका थिए । उनको स्थिति यतिसम्म खराब भएको थियो कि उनी बोल्न र हिँड्न पनि सक्तैनथे । उनी मरिन्छ कि भनेर आँखासमेत चिम्लिन डराउँथे । आँखा चिम्लेपछि ब्यूँझदैन कि भन्ने डर मनमा भइरहन्थ्यो । अब ड्यारेन अशाल जीवनभरि पूर्णतया निको हुनसक्दैनन् । उनले सधै एन्टिबायोटिक दवाइको सेवन गर्नुपर्दछ । खाद्य सुरक्षा विज्ञ, सारा ड्यानियलले … हामीले आफ्नो व्यक्तिगत स्वास्थ्यको लागि मुख्य ध्यान दिनुपर्ने कुरा खानेकुरालाई राम्रोसँग पकाएर खानुपर्छ…. भनेकी छिन् । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया