लण्डन । टाइप२ अथवा हल्का भएका मधुमेह रोगका रोगीहरुले आफै रोग उपचार गरेर रोग निको भएको समाचार प्रकाशमा आएको छ । अनुसन्धानले यदि कम क्यालोरीयुक्त खाने आदत बसाए यो रोग निर्मुल हुने कुरा पत्ता लगाएको छ । अध्ययनले ६सय क्यालोरीसम्मको खाना प्रतिदिनको हिसाबले खाँदा इन्सुलिनको सेलमा एकदमै गतिलो प्रभाव पारेको तथ्य पत्ता लागेको छ ।
विज्ञहरुले परिक्षण प्रक्रियामा आठ हप्तासम्म सातैदिन मधुमेह टाइप २का रोगीहरुलाई एकदमै कम क्यालोरीको खाना लिन लगाएका थिए । आफैखुशी सहभागी हुन आएका मधुमेहका रोगीहरुका पछि रगत परीक्षण गर्दा चिनीको अनुपात सामन्य रहेको पाएको थियो । २ महिनापछि पाचक थैलीको इन्सुलिन सेलमा सुधार आउनुको साथै पाचक थैलीमा रहेको बोसो पनि कम हुन आएको तथ्य अनुसन्धानबाट थाहा लागेको थियो । त्यसपछि ३ महिनासम्म फेरि सामान्य खाना लिने गरेका मधुमेहका रोगीहरुको परीक्षण गर्दा ११ जनामध्ये सातजना मधुमेह रोग निर्मुल भएको थाहा लागेको थियो । न्यू क्याशल युनिभर्सिटीका प्रोफेसर रोय टेलरले …. धेरै वर्षसम्म टाइप२ मधुमेह रोगी जीवनभरि निको हुँदैनन् भन्ने सोच लिएका थिए..यो विस्तारै दीर्घ रोग भएर बढीभन्दा बढी ट्याबलेट खाँदै रोगलाई नियन्त्रण गर्नुपर्दथ्यो अनि अन्तमा इन्सुलिनको सुइसम्म दिनुपर्ने अवस्था आउँथ्यो, तर, वास्तवमा नै यो रोग निको पार्न सक्ने रोग रहेछ भन्ने कुराको पत्ता लगाउन हामी अहिले सक्षम भएका छौ, यदि इन्सुलिनका सेलहरु बोसोबाट सुरक्षित राख्नसके इन्सुलिन सुरक्षित रहन्छ यसले मधुमेहको रोग लाग्न दिंदैन … भनेर उद्धृत गरेका थिए । परीक्षणका लागि स्वयं आएका मध्येकालाई ४६ दशमलव ४ प्रतिशत कार्बोहाइड्रेड, ३२ दशमलव ५ प्रतिशत प्रोटिन, २० दशमलव १ प्रतिशत तेलयुक्त तरल पेयपदार्थ सहित भिटामिन, खानिजतत्व र माडरहित सागसब्जीहरुका सेवन गर्न लगाएका थिए । अक्फोर्ड युनिभर्सिटीका प्रोफेशर किथ फ्रैनले … अध्ययनले मधुमेहका रोगीहरुलाई निको हुने ठूलो भरोसा देखाएको छ, तर, एकदमै क्यालोरी कमको खानामा मात्र भरपर्दै रोग निको गर्ने मानिसहरु सबैमा त्यो सम्भवचाँहि छैन … भनेका छन् । हाल लगभग ३५लाख मानिसहरु बेलायतमा हल्का वा टाइप २ मधुमेहका रोगी छन् । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया