
कार्यक्रममा विभिन्न वक्ताहरूले नेपालकाे लाेकतन्त्रअगाडि तथा लाेकतन्त्र पछाडिका विविध अवस्थाहरूकाे चर्चा गर्दै शहीदहरूकाे अभूतपूर्व त्याग तथा बलिदानकाे प्रशस्तै सन्दर्भमा ल्याएका थिए । महिला हक तथा अधिकारकाे चर्चा गर्ने क्रममा डा. राणाले लाेकतन्त्र स्थापनापश्चात् वर्तमान संविधानमा अन्तरनिहित महिला हक तथा अधिकारकाे सुनिश्चितता, लैङ्गिक समानता, जातीय भेदभावकाे अन्त्य, नागरिकताकाे प्राप्ति तथा महिला जागरणका विषयमा प्रत्याभूत मूलभूत अधिकारहरूका सम्वन्धमा उपस्थित महिलाहरूलार्इ सुसूचित गराउँदै तत्उपर एकजुट भएर लाग्न अभिप्रेरित गरेकी थिर्इन् ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले राष्ट्रिय प्रजातन्त्र दिवसले लाेकतान्त्रिक गणतन्त्रकाे उज्यालाेमा नेपाललार्इ अार्थिक समृद्धिकाे गन्तव्यमा पुग्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए । उनले बेलायतबासी नेपाली महिलाहरूमा नेपालकाे राजनीतिक स्थीरता र सामाजिक विकास एवं शान्ति तथा सम्वृद्धिप्रति चासाे रहेकाे चर्चा गर्दै संगठित भएर नेपालकाे अार्थिक विकासमा अघि बढ्न अनुराेध पनि गरेका थिए ।

एकसय पचासभन्दा ज्यादा नेपाली महिलाहरूकाे उपस्थिति रहेकाे साे कार्यक्रममा नेपाली कविता,गीतसंगीत तथा सांस्कृति नृत्यहरूकाे प्रस्तुतिसहित रात्रि भाेजकाे अायाेजना गरिएकाे थियाे ।
प्रतिक्रिया