आणविक भट्टिका कर्मचारीबाट रहस्योद्घाटन

आणविक भट्टिका कर्मचारीबाट रहस्योद्घाटन


लण्डन । एकजना जापानको फुकुशिमास्थित आणविक भटि्टका पूर्वकर्मचारीले सुनामी आउनुभन्दा पहिले नै सुनामीको बारेमा सचेत गर्ने संकेतहरु प्राप्त भए तापनि त्यहाँको अपरेटरले त्यसतर्फ ध्यान नदिएको कुरा प्रकाश पारेका छन् । टोकियो इलेक्ट्रोनिक्स पावर कम्पनी (टेप्को)ले फुकुशिमाको दुर्घटना प्राकृतिक प्रकोप महाभूकम्प तथा सुनामीको कारणले घटेको हो यसमा कुनै मानिसको गल्ती छैन भनेर पुष्टि गरेको छ । तर, यो भयानक विध्वंशकारी घटनाको पछाडि प्राकृतिक प्रकोप मात्र नभई मानिसको असक्षमता र लापरवाही रहेको आरोप आलोचकहरुले गरेका छन् । यो पुरानो अस्वस्थ हालतमा रहेको आणविक भटि्टमा काम गरेका एकजना पूर्व टेप्कोका इन्जिनियरले त्यसभित्रको संरचनासम्बन्धी र कसरी ढाकछोप गरेर राखेको सुरक्षा सम्बन्धीका गोप्य अनियमितताहरुबारे एबीसीलाई भनेका छन् ।
टोशियो किमुरा फुकुशिमाको एक नम्बर प्लाण्टमा १२ वर्षसम्म काम गरेका थिए । उनले समाचारदाताहरुलाई उद्धृत गर्दै… मैले सन् १९९० मा मेरो बोसलाई यो आणविक भटि्टको बारेमा सोद्धा …..यदि सुनामीको चपेटमा यो रियाक्टर परे के होला त…. भनेर उनले मलाई प्रश्न गर्दा मैले ….जम्मै गलेर नाश हुनेछ…. भनेको थिएँ, त्यतिबेला उनले तपाईले भनेको ठीक हो तर ठूलो सुनामी आउनु भनेको रोगी कुरा हो… भनेर प्रष्ट पारेका थिए… भनेका थिए । केही वर्षपछि इन्जिनियर त्यस कामबाट निस्केका थिए । एकजना अर्को हिदेतोशी मत्सुमोतोले सुनामीको साथसाथै आणविक भटि्टको विध्वंशकारी दुर्घटनामा टेप्को पनि बराबरको जिम्मेवार रहेको कुरामा विश्वास गर्छन् । उनी त्यहाँबाट केवल २१ किलोमिटर परको वाग्यु बीफ फार्म प्रोपर्टीका मालिक हुन् । उनले टेप्कोले भनेका कुरालाई विश्वास गर्दिनँ भनेर समाचारदाताहरुलाई भनेका छन् । आइतबारको दिनमा फुकुशिमा क्षेत्रका २ वटा गाउँहरुमा बस्दै आएका १५ जना बासिन्दहरुका पिशाव परिक्षण गर्दा रेडिएशनको ३ मिलिभिर्टसभन्दा बढी अनुपातको परिमाण पिशाबमा देखा परेकोमा रेडिएशनले भित्री असर पारेको पुष्टि गरेका छन् । यी २ गाउँहरु फुकुशिमाको नम्बर एक प्लाण्ट बाट ३०, ४० किलोमीटरको दूरीमा पर्छन् । श्रोत- नेट, सुमल, मेस ।