हंगकंग । गत २६ जुन, हंगकंग नेपाली महासंघको अध्यक्ष प्रदिप थापामगरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि हंगकंगस्थित नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्याय रहेका थिए भने अन्य विशेष तथा अतिथिहरुमा आदिवासी महासंघ हंगकंगका अध्यक्ष एमबी थापामगर, एनआरएनका अध्यक्ष दुर्गा बहादुर गुरुङ, चेम्बर अफ कमर्शका डासुराम पराजुली, बृटिस गोर्खा भूपू सैनिकका अध्यक्ष हेम प्रताप गुरुङ, भारतीय भूपू गोर्खा सैनिकका अध्यक्ष जंग बहादुर गुरुङ, हंगकंग एकीकृत समाजका अध्यक्ष बुद्दि बहादुर थापा, हंगकंग नेपाली पत्रकार संघका अध्यक्ष किसन राई, महासंघका बरिष्ठ सल्लाहकार तथा निबर्तमान अध्यक्ष हेम लिम्बू, सल्लाहकार तथा भूपू अध्यक्ष हेजेन राई, हङ्कङ नेपाली साहित्य प्रतिष्ठान अध्यक्षका टंक सम्बाहाम्फेलगायत हंगकंगस्थित बिभिन्न संघ सस्थाहरुको उपस्थिति रहेको थियो।
संस्थाका उपाध्यक्ष बिश्णु पाख्रिनको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमलाई संस्थाको महासचिब रिता गुरुङले सञ्चालन गरेकिथिईन्। शुभ कामना दिनेहरुमा सबै सस्थाहरु रहेका थिए भने शुभ कामनाको क्रममा बृटिस गोर्खा भूपू सैनिकका अध्यक्ष हेम प्रताप गुरुङले आफ्नो संस्थाले विगतमा १० बुंदा असहमत लिखित रुपमा महासंघलाई पेश गरेको त्यस बारेमा केही जानकारी नदिएकोले महासंघबाट बाहिरिएको जानकारी दिँदै भूपूहरुको हंगकंगमा ९६५ उपस्थिति रहेको पृष्ठभूमिलाई ख्याल गर्दै यदि यो कार्य समितिले ती मागहरुमा पुनर्बिचार गरे आफ्नो सस्था फेरि पनि महासंघसंग सहकार्य गर्न ईच्छुक रहेको जानकारि गराएकाथिए । यसको लागि बल महासंघको कोर्टमा रहेको जनाए । यसैगरी आदिवासी महासंघ हंगकंगका अध्यक्ष एमबी थापामगरले नेपालीहरुमा युनिटि हुनुको कुनै विकल्प छैन। सके महासंघअन्तर्गत नभए पनि कुनै अन्य रुपमा भए पनि एकता भएर मात्र अघि बढनु पर्ने आफ्नो अनुभब सुनाएका थिए। प्रमुख अतिथि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्यायले महासंघले अभिभाबकिय रोल खेली रहेकोमा कुनै दुबिधा नरहेको जस्तै दिन बहादुर लिम्बू हत्या काण्ड, जापानलाई सहयोग वा हंगकंगमा नेपाली साहित्य आदिमा गरेको कार्यले प्रुष्टि गरेको छ तर पनि अझै साँच्चिकै महासंघ खुला रुपमा अगाडि बढनु पर्ने बताएका थिए। कार्यक्रमलाई अन्त गर्दै अध्यक्ष प्रदिप थापामगरले उपस्थित सबैलाई धन्यबाद दिँदै बन्द सत्रमा धेरै गहकिला निर्णयहरु गरिने पनि जानकारि गराएका थिए।-अधिराज,हंगकंग
प्रतिक्रिया