लण्डन । पुत्र प्राप्तिका लागि प्रबल इच्छा राख्ने दम्पतीहरुले अहिले आफूले जन्माएका शिशु छोरीहरुलाई हजारौ पाउण्ड खर्च गर्दै लिङ्ग परिवर्तन गरेर छोरा बनाउँदैछन् । हिजो सयौंका संख्यामा पाँच वर्षदेखि एक वर्षसम्मका शिशु केटीहरुलाई प्रत्येक वर्ष शल्यक्रिया गरेर लिङ्ग परिवर्तन गर्दै केटा बनाएका समाचार प्रकाशमा आएको छ ।
पाँच वर्षसम्मका केटीहरुलाई जेनिटोप्लास्टी पद्धतिबाट लिङ्ग परिवर्तन गर्नका लागि २००० पाउण्डसम्मको लागतमा मुर्म्बई र दिल्लीका धनाढ्यहरु भ्ाारतको मध्यप्रदेश प्रान्तस्थित मध्य नगर इन्दोरतर्फ हुलका हुल ओइरिएका छन् । कैयौंलाई डाक्टरहरुले लिङ्ग परिवर्तन गर्दा पछि निःसन्तान हुन सक्ने चेतावनी दिँदा पनि डाक्टरहरुलाई जबरजस्ती केटीलाई केटा बनाउन लगाएका छन् । साधारणतया यस पद्धतिबाट डाक्टरहरुले उमेर पुगेका व्यक्तिहरुमा जनेन्द्रियासम्बन्धी रोगलाई उपचार गर्दै आएका थिए । महिला जनेन्द्रियाको टिशुलाई परिवर्तन गरेर पुरुष लिङ्गको विकास हार्मोनका दवाइहरु सेवन गराउनुअघि निर्माण गर्दै आएका थिए । भारतीय समाजमा यो एकदमै लोकप्रिय हुँदै आयो किनभने वंशज कायम राख्नकालागि केटालाई बढी मूल्यवानको दृष्टिकोणबाट मान्यता प्रदान गरिन्छ । गर्भको अवस्थामा लिङ्ग परिक्षण गरेर लिङ्ग पत्ता लगाउने प्रक्रिया भारतमा कानूनी हिसाबले बन्देज गरिएको छ । यसरी परिक्षण गर्दा गर्भमा रहेको भ्रुण छोरी हो भनेर पत्ता लगाउनसाथ गर्भपतन गर्ने चलन व्यापक हुन थाल्यो त्यसपछि केटीहरुका जन्मिने जन्मदर हृवात्तै घटेको थियो । यस पद्धतिबाट शल्यक्रिया गर्ने विज्ञ चिकित्सकहरुले अनुपातिक हिसाबमा एकजनाले अहिलेसम्म २०० देखि ३०० जनासम्मलाई केटीबाट परिवर्तन गरेर केटा बनाएका विश्वास गरिएका छन् । पहिलो चोटी हिन्दुस्तान टाइम्सले हालै यसघटनालाई प्रकाश पारेपछि आलोचकहरुले यस कार्यप्रति रोष प्रकट गरेर अवाज उठाउन थालेका छन् । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया