लण्डन । आज सातलाख पचासहजार सिभिल कर्मचारीहरु, शिक्षकहरु र लेक्चररहरुबाट नयाँ लागू गरिने पेन्शन भत्ताको विरोधमा हडतालमा जाने निर्णयलाई क्यामरुनले गलत भनेका छन् । उनका अनुसार सरकारी क्षेत्रको लागि हालै गरिएको पेन्शन सुधारको व्यवस्था न्यायिक र राम्रो छ भनेका छन् । यो संशोधित पेन्शनले कर्मचारीहरुका लागि आउने दशकौसम्म सुरक्षित र दिगो रहने कुरा उनले हिजो भनेका थिए । यो कुरा आजको २४ घण्टे हडतालले गर्दा हजारौ स्कुलहरु, जबसेन्टरहरु, कर कार्यालयहरु र अदालतहरु समेत बन्द हुने अथवा अवरोध हुनसक्ने भएकाले अगावै अर्थात हिजै उनले हडतालमा नजानलाई अवहान गरेका थिए । राष्ट्रिय शिक्षक युनियनले १७ हजार सरकारी स्कुलहरु -पचासी प्रतिशत) यस हडतालबाट प्रभावित हुनेछ भनेर अन्दाज गरेको छ । बेलायतको अध्यागमन विभागले जहाजबाट यात्रा गर्नेहरुका लागि हडतालमा उत्रने अध्यागमनका कर्मचारीहरु पासपोर्ट नियन्त्रण गर्ने ठाउँमा लाम लागेर अवरोध गर्न सक्ने सचेत गरेको छ । ड्राइभिङ परिक्षाहरु रद्द गरिनेछ, बन्दरगाहका कस्टम चेकप्वोइन्टहरु सबै प्रभावित हुने तथा विरोध कार्यक्रममा सरकारी विभागहरुका बाहिर बार राखिने कुरा प्रकाशमा आएको छ । अस्ति बर्मिङहाममा भएको स्थानीय सरकार समूहको वाषिर्क अधिवेशनमा क्यामरुनले … पेन्शन सुधारको नयाँ नियमले राम्रो कुरा दिएको छ मानिसको आयु लम्बिँदै गएको सन्दर्भमा सरकारी कर्मचारीहरु ६० वर्षको उमेरपछि काम गरेर अवकाश प्राप्त गर्दा उनीहरुले बढी पैसा पाउँछन् यो अति सरल तथा गणितीय हिसाबमा बौद्धिक क्षेत्रका व्यक्तित्वहरुले यी सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुकालागि यो लागु गरिने पेन्शन सुधार भविष्यका लागि राम्रो छ भनेर विचार गर्नेछन् … भनेर उद्धृत गरेका थिए । सरकारी क्षेत्रमा काम गर्नेहरुले अहिले आधाभन्दा बढीले वाषिर्क ६ हजार पौण्डभन्दा कम रकम पाउँछन् । उनीहरुले बढीभन्दा बढी ३ दशमलव ५ प्रतिशत पेन्शनकालागि आफ्नो पैसा अनुदान गरेका हुन्छन् । तर, यसलाई तुलनात्मक हिसाबले हेर्ने हो भने कर तिर्नेहरुले १९ प्रतिशत (एकहजार पाउण्ड प्रतिघरको हिसाबमा) कर तिर्दै आएका छन् जुन चाहिँ ठूलो भिन्नता रहेको छ । शिक्षा सचिव माइकल गोभले … यो हडताल अवरोधक, अपरिपक्व र नचाँहिएको हो, यसबाट काम गरेर खानेहरुका लागि एकदमै अप्ठ्यारो पारेको छ …. भनेका छन् । श्रोत- नेट, सुमल, मेस ।
प्रतिक्रिया