लण्डन । पेन्शन नियममा परिवर्तन गर्ने योजनाविरुद्ध सयौ हजार सरकारी क्षेत्रका कर्मचारीहरु बेलायतभरि हिजो हडतालमा उत्रेका थिए । बीबीसीका ३ जना संवाददाताहरु क्रमशः लण्डनबाट बेन ब्राउन, वेल्शबाट कोलेट हृयुम र स्कटल्याण्डबाट जेम्स् कुकले दिएका समाचार अनुसार इङ्गल्याण्ड र वेल्शमा तीनवटा शिक्षकहरुका संगठनहरुबाट आह्वान् गरेको हडतालमा ४० प्रतिशत स्कुलहरु आंशिक बन्द र बन्द भएको समाचार प्राप्त भएको थियो । पब्लिक तथा कमर्सियल सेवाका संगठनहरु जुन संगठनहरुअन्तरगत यूके अध्यागमनका कर्मचारीहरु तथा प्रहरी सहयोग विभागका कर्मचारीहरु पर्छन्, ती विभागहरुका कर्मचारीहरुसमेत यस हडतालमा सामेल भएका थिए । सरकारले कर तिर्नेहरुका लागि यो योजना राम्रो छ भन्दै उद्धृत गरिरहेको थियो । यस हडताललाई विपक्षीदल लेबर पार्टीले समर्थन गरेको थियो भनेर भर्तसना गरे तापनि लेबर पार्टीका नेता एड मिलिब्याण्डले सरकारमा रहेका मन्त्रीहरुले संगठनहरुसँग राम्रो वार्ता नगरेको भनी सरकारलाई आक्षप लगाएका थिए । हडतालको सुत्रधार (एनटीयू) नेशनल टिचर्स युनियन, द एसोसिएसन अफ टिचर्स एण्ड लेक्चरर्स (एटीएल) र युनिभर्सिटी एण्ड कलेज युनियनले अवहान् गरेका हुन् ।
युनियनहरुका अनुसार अहिलेको पेन्शन योजनामा बढी काम तर पेन्शन कम्ती दिने प्रावधान ल्याइएको छ भनेर अर्थ्याएका थिए । शिक्षा विभागले दिएको सुचनाले २१,५०० वटा इङ्गल्याण्डका स्कुलहरुमध्ये ११,११४ वटा स्कुलहरु हडतालमा संलग्न भएको बताएको छ । यस सूचनाअन्तर्गत ५६७९ वटा स्कुलहरु बन्द र ४९९९वटा स्कुलहरु आंशिक बन्द रहेको समाचार छ । हडतालको असर जतिबेला एअरपोर्ट र पोर्टहरुमा यूके बोर्डर एजेन्सीका कर्मचारीहरु अस्ति बेलुकि ६ बजेदेखि हडतालमा निस्कन थाले तबबाट केही प्रभाव देखा पर्न थालेको थियो । त्यतिबेला आगमन यात्रुहरुलाई ढिलाइ हुनसक्ने सूचना सम्प्रेषण गरिएको थियो । तर, लगभग सबै एअरपोर्ट र पोर्टहरुमा त्यस्तो केही असुविधा भएको खबर प्राप्त भएको छैन । हिजो बीबीसी ४ को प्रोग्राममा पीसीएका महासचिव मार्क सरवोट्काले सरकारलाई लाञ्छना लगाउँदै … सरकारले हडतालको केन्द्रिय मुद्धालाई विचार गर्न तयार नरहेको र उनीहरु कुरा मात्र गर्छन् तर वार्ता गर्न तयार नरहेकोले हडतालमा जान बाध्य भएका हौं …. भनेर उद्धृत गरेका थिए । श्रोत – बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया