१६६ वर्षपछि फाँसी दिएकोलाई आममाफी

१६६ वर्षपछि फाँसी दिएकोलाई आममाफी


लण्डन । एकजना आइरिसमूलका बासिन्दा, अमेरिकामा १६६ वर्षपहिले बसाइँ सरी गएका थिए र उनलाई पFmासीको सजाय दिएर झ्ण्ड्याइएको थियो । हिजो अदालतले उनलाई आम माफी दिएको कुरा सार्वजनिक गरेको छ ।
जोन गोर्डन नाम गरेका व्यक्तिलाई अमेरिकाको एउटा धनाढ्या मिल मालिक अमीसा स्प्रागलाई हत्या गरेको अभियोगमा सन् १८४५ सालमा मुद्धा चलाएर रोड आइल्याण्डमा झुण्ड्याइएको थियो । कानूनका प्रोफेसरहरु र इतिहासकारहरुले उनी आइरिस क्याथोलिक भएको कारणले गर्दा धार्मिक घटना क्रमहरुलाई मुछेर पर्याप्त प्रमाणबिना फाँसी दिएको थियो भन्दै आएका छन् । त्यतिबेला यस घटनाले अन्याय गरेको ठहर गरी चौतर्फी यसको व्यापक विरोघमा धेरै अवाजहरु उठेका थिए जसले गर्दा यो फाँसीनै संयुक्त राष्ट्र अमेरिकामा फाँसी दिएर मृत्युदण्ड दिने अन्तिम फैसला ब्ान्न पुगेको थियो । गभर्नर लिंकन कैफीले आम माफीको आदेश उपर २९ वर्षीय गोर्डनलाई ओल्ड एस्टेट हाउस, आदलतको जुन कोठामा दोषी साबित गरेर फाँसीको सजाय सुनाएका थिए त्यही कोठामा हस्ताक्षर गर्दै … अमेरिकाको न्यायिक इतिहासमा यो फाँसी दिएको मुद्धा कालो दागको रुपमा रहेको थियो, यसलाई धेरैअघि आममाफी हुनुपर्ने हो तर धेरै ढिलाइ भयो ….. भनेका थिए । रोड आइल्याण्ड युनिभर्सिटीका प्रोफेसर स्कट मलोय जसले विगत २५ वर्षदेखि गोर्डन मुद्धालाई पढाउँदै आएका छन, उनले समाचारदाताहरुलाई उद्धृत गर्दै …. मलाई असाध्यै राम्रो अनुभूति भइरहेको छ, सफलताको सिंढी उक्लन सफल भएको वास्तविक सोच बल्ल भएको झैं लागिरहेको छ … भनेर प्रकाश पारेका छन् । श्रोत – नेट, सुमल, मेस ।