खेगी-चोकी अन्तर्कृया कार्यक्रम सम्पन्न

खेगी-चोकी अन्तर्कृया कार्यक्रम सम्पन्न


लण्डन । गत ०२ जुलाई २०११ शनिबार अल्डरशट, ह्वाईट स्वान अल्डरशटमा तमू प्ये ल्हु संघ यूकेले आयोजना गरेको प्ये ताँ ल्हु ताँ संरक्षण तथा प्रवर्तनको लागि तमू खेगी-चोकीको भूमिका र भावी कार्ययोजनाको आवश्यकता बिषयक खेगी-चोकी अन्तर्कृया कार्यक्रम भव्य रुपमा सम्पन्न भएकोछ । संघको अध्यक्ष सोम त्होर्जे तमूको सभापत्विमा सम्पन्न भएको उक्त कार्यक्रममा पच्यु पैँडी चिवा यारजङ क्रोम्छे तमु र प्राध्यापक नारायण ल्हेँगे तमुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

क्ष्यु प्र्हुई ङ्हैब त्हिब ख्रुबै ङो९धार्मिक प्रार्थना०बाट शुरु गरिएको उक्त कार्यक्रममा संघको उपाध्यक्ष क्या। फत्त बहादुर प्ल्हेँ तमूले हेल्थे एण्ड सेफ्टीसम्बन्धी जानकारी गराउदै कार्यक्रममा सबैलाई स्वागत गरेका थिए भने बेलायतमा स्थापित विभिन्न तमू संघ-सँस्थाहरुलाई प्रतिनिधी सहित सहभागीताको लागि आव्हान गरिएकोमा गोर्खा जिल्ला तमू समाज, पैँयुखोला तमू समाज, तमू धीँ, नौथम तमू समाज, चार भाज्याङ तमू समाज, गिलुङ तमू समाज, तमू धीँ लण्डन र डाँडा गाउँले समाजको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गोर्खा जिल्ला तमू समाजका प्रवक्ता गणेश तमू, पैँयुखोला तमू समाजका अध्यक्ष क्या। डेम बहादुर योज तमू, तमू धीँका सल्लाहकार एकेन्द्र लेम तमू, नौथुम तमू समाजका अध्यक्ष खम बहादुर ल्होँ तमू, चार भाज्याङ तमू समाजका सचिव हरि तमू, गिलुङ तमू समाजका सल्लाहकार नन्द प्रसाद लेम तमू, तमू धीँ लण्डनका अध्यक्ष चित्र बहादुर कोन तमू, डाँडा गाउँले समाजका अध्यक्ष मन बहादुर म्रु तमू र क्ल्हेप्री चिवा मुक्त सिँङ म्होब्छे तमूले कार्यक्रम सफलताको शुभकामनासहित आ-आफ्नो मन्तव्य राखेका थिए भने प्ये संकलन तथा लेखन योजना-२०१० को सहयोगार्थ आर्थिक संकलन तथा बजेट व्यवस्थापन तदर्थ समिति यूकेका संयोजक तथा संघका निवर्तमान अध्यक्ष जगत प्हच्यु तमूले प्ये संकलन तथा लेखन योजना-२०१० को बारेमा जानकारी गराउँदै सहयोग जुटाई दिनको लागि सबैसँग आग्रह गरेकाथिए ।

कार्यक्रमको दोश्रो चरणमा प्रस्तुत कार्यपत्रमाथि अन्तर्कृया गरिएको थियो भने उक्त अन्तर्कृया कार्यक्रमले अन्यौलमा रहेका तथा नबुझेका जनमानसलाई तमू जातिको मौलिक पहिचान कुल-धर्म संस्कार सँस्कृति परम्परा तथा ऐतिहासिक घटनाका सत्यतथ्यहरुको बारेमा स्पष्ट गराएको थियो भने कार्यक्रम जानकारी मुलक एवं महत्वपूर्ण रहेको सहभागी संघ-सँस्थाका प्रतिनिधीहरुले बताएका थिए । बेलायतमा खेगी-चोकीको बारेमा पहिलो पटक भएको यो अन्तर्कृया कार्यक्रमलाई अझ विस्तारित रुपमा विभिन्न क्षेत्रमा समेत आयोजना गरिनु पर्ने आवश्यकता रहेको सहभागीहरुको भनाइ थियो ।

संघका सचिव भेग च्हाक्ली तमूले संचालन गरेको कार्यक्रममा जीत क्रोम्छे तमू र डम्बर टु तमू टिप्पणीकारको रुपमा रहेको थियो भने उक्त अन्तर्कृया कार्यक्रमले १२ बुँदे बेलायत घोषणा पत्रसमेत जारी गरेकोछ ।
कार्यक्रममा खानाको समेत व्यवस्था गरिएको थियो भने द ग्रेट गोर्खा वेब्रिज रेष्टोरेन्टले निःशुल्क खाना उपलब्ध गराएको थियो ।-भेगलाल