लण्डन / विदेशमा निर्वासित जीवन बिताइरहेका थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाकसीन सिनावात्राका पार्टीले हिजो भएको थाइल्याण्डको आम निर्वाचनमा स्पष्ट बहुमत लिएर विजयी भएको समाचार प्रकाशमा आएको छ । ५०० सिट भएको लोकसभामा सत्तारुढ डेमेक्रेट पार्टीको हालसम्मको मतगणनामा १५९ सिट प्राप्त गरेको छ भने विपक्षमा रहेको फिउ थाई पार्टीले २६५ ठाउँहरुमा विजय प्राप्त गरेको छ । पूर्व म्यान्चेस्टर युनाइटेडका मालिक, थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाकसीनको फिउ थाई पार्टीलाई उनकी बहिनी यिङ्गलक सिनावात्राले नेतृत्व गरिरहेकी छिन् । पूर्व प्रधानमन्त्री थाकसीनलाई सन् २००६मा सैनिक कू गरेर सत्ताबाट हटाइएको थियो त्यसपछि उनी निर्वासित जीवन बिताउँदै देश बाहिर बस्दै आएका छन् । हिजोको आम निर्वाचनमा विजयी भएपछि सञ्चारकर्मीहरुलाई उनले … ठीक समय आएपछि देश फिर्ता हुनेछु… भनेका थिए । उनले सञ्चारकर्मीहरुलाई अघि थप्दै …. यदि म देश फर्केर केही समष्या उत्पन्न हुन्छभने म त्यसो गर्दिनँ, म समष्याको जड नभई निवारण गर्ने व्यक्ति हुँ… भनेर उद्धृत गरेका थिए । उनले म्याचेष्टर युनाइटेड फुटबल क्लबलाई सन् २००८मा २०० मिलियन पाउण्डमा आबुधाबीको युनाइटेड ग्रुपलाई बेचेका थिए । उनलाई वर्तमान सरकारले भ्रष्टाचारको अभियोगमा मुद्धा चलाएर अदालतबाट २ वर्षको सजाय सुनाएको थियो । उनी त्यो २ वर्षको कैद छल्नका लागि हाल दुबईमा बस्दै आएका छन् । उनले राजनीति प्रतिशोधका कारण उनलाई षड्यन्त्र गरेर यो अभियोग लगाइएको हो भन्दै आएका छन् । ४४ वर्षीय सिनावात्राकी बहिनी अब थाइल्याण्डको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् । अहिलेसम्मको मतगणना ९८ प्रतिशत भइसकेको छ । थाइल्याण्डमा सन १९३२ देखि अहिलेसम्म १८पल्टसम्म सैनिक कू गर्दै आएको इतिहास छ । फिउ थाई पार्टी चारपटकसम्म सरकारमा रहेको बेलामा सैनिक कू भएको थाइल्याण्डको इतिहासमा छ । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया