तनहुँ समाज यूकेको वार्षिक भेटघाट

तनहुँ समाज यूकेको वार्षिक भेटघाट


फार्नबोरोह, यूके । गत शनिबार ०२ तारिख, तनहुँ समाज यूकेले फार्नबोरोहस्थित ओकफाम कम्युनिटि स्कुलको हलमा एक भेलाको आयोजना सम्पन्न गरेको छ । तनहुँका यूकेबासीहरुका राम्रै भेला भएको सो कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनका लागि विभिन्न नृत्यहरुका साथै मगर संघ यूकेले आफ्नो कार्यक्रमको लागि झिकाएका गायकगायिका रामजी खाँड र मोना थापाले आफ्नो छोटो समयमा रमाइलो प्रस्तुत गरेका थिए । तर यी कलाकारहरुलाई ६ बजे नै स्टेजबाट आफ्नो कार्यक्रमको लागि लगिएपछि भने, तनहुँ समाज यूकेको संयोजन अति नै फितलो र हास्यास्पद भएको उपस्थित तनहुँबासीहरुको राय रहेको थियो । संस्थाका अध्यक्षबाट तनहुँका चारवटा स्कुलहरुलाई तीन-तीन सय पाउण्डको आर्थिक सहयोग गरिने बताइँदा अधिकाँश सहभागीहरु असहमत देखिएका थिए । यहाँ यूकेमा नै बसोबास गर्ने सर्वसाधारण तनहुँबासीहरुलाई विविध प्रकारका समस्याहरु रहेको देख्दादेख्दै पनि सोही बासीहरुको सहयोगको लागि बनेको संस्थालाई थाहा नै नहुनु खेदजनक रहेको भन्ने तिनका असहमतिमध्ये एक थियो भने, तनहुँकै स्कुलहरुलाई सहयोग गर्ने भए पनि तिनलाई शिक्षादायक सरसामानहरु ख्रिद गरेर दिएको भए अति उत्तम हुने भन्ने पनि ती हूलका मान्यता रहेको थियो ।
कार्यक्रम अबेरसम्म चलेको थियो । तस्वीरसहित याम, मेस
बाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।