गर्भवतीले हल्का मदिरा सेवन गर्न सक्ने

गर्भवतीले हल्का मदिरा सेवन गर्न सक्ने


लण्डन । हालैको एउटा नयाँ प्रतिवेदनले गर्भवती महिलाहरुले एक दिनमा आधा गिलासको अनुपातमा नबढाइकन मदिरा सेवन गर्दा गर्भमा बच्चा समय नपुग्दै जन्मिने अथवा बच्चा सानो जन्मनेजस्ता समस्या नहुने दर्शाएको छ ।
यस विषयमा ३६ वटा अध्ययनबाट अनुसन्धानकर्ताहरुले प्राप्त जानकारीमा १० ग्रामसम्म प्रत्येक दिन मदिरा सेवन गर्नाले केही समस्या नहुने निर्क्यौल निकालेका छन् । मदिराको युनिट ८ ग्राम बराबरको हुन्छ जुनचाँहि स्टाण्डार्ड वाइन गिलासको आधा अर्थात् १७५ मिलिलिटरको आधा हुन आउँछ । यस अध्ययनमा एक चौथाइ गर्भवती महिलाहरु जसले बढी मदिरा सेवन गर्थे अर्थात् ३६ ग्राम प्रत्येक दिनको हिसाबले पिउने गर्दथे उनीहरुका बच्चाहरु आकारमा सानो तथा समय अघि नै जन्मिएका थिए भनेर बीजेओजी (प्रसुतिसम्बन्धी अनुसन्धान र चर्चा सम्प्रेषन गर्ने एउटा अन्तर्राष्ट्रिय पत्रिका)ले सम्प्रेषण गरेको छ ।
सरकारले बेलायतमा गर्भ रहेको बेलामा मदिरा सेवन नगर्न सुझाव दिंदै आएको छ तथा सम्भव भएसम्म मदिरा सेवन गर्ने बानीका लागि सल्लाह दिन्छ । यस सन्दर्भमा तीन भागमा एक भागजति गर्भवतीहरुले अहिले मदिरा सेवन त्यागिसकेका छन् । तर, एक वा दुई युनिट मदिराको परिमाण प्रतिसप्ताहको हिसाबले गर्भ रहेको प्रथम १२ सप्ताहपछि भने सेवन गर्दा सुरक्षित रहने बताएको छ । रोयल कलेज अफ अब्सटेट्रिसियन एण्ड ग्यानोकोलोजिस्ट्सका पैट्रिक ओ ब्रायनले ….कम मात्रमा मदिरा पिउनाले गर्भवतीको बच्चा समय अघि र बच्चाहरु साना जन्मदैनन् भन्ने कुराको अध्ययनले पुष्टि गरेको छ, तर, बच्चाका आमाहरुले तोकिएको मात्रभन्दा बढी सेवन गर्छन् भने यसको केही मतलब हुँदैन … भनेका छन् । अर्को एउटा पृथक अध्ययनले गर्भवती महिलाहरु ज्ासले चुरोट पिउन छाडिसकेका थिए उनीहरुका बच्चाहरु पहिलेका बच्चाहरुको भन्दा बढी वजन पाइएको थियो । केही बच्चाका आमाहरुले बच्चा सानो आकारको जन्माउनका लागि निरन्तर चुरोट सेवन गर्दै आएका थिए भनेर साउथाम्पटन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले सम्प्रेषण गरेका छन् । श्रोत – मेट्रो/इभिनिङ स्टान्डार्ड, सुमल, मेस ।