लण्डनमा नयाँ बर्ष उत्सवबीच नेपाली मन्दिर बनाउने सुन्दर संकल्प

लण्डनमा नयाँ बर्ष उत्सवबीच नेपाली मन्दिर बनाउने सुन्दर संकल्प


London

लण्डन । बेलायतको राजधानी लण्डनमा भव्य पूजा र धार्मिक कार्यक्रम गरी नेपाली नयाँवर्षलाई महोत्सवकै रुपमा मनाइएको छ । बेलायतस्थित नेपाली समुदायको निकै बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमबीच यथाशीघ्र नेपाली मन्दिर स्थापना गर्ने उद्घोष समेत गरियो ।

लण्डनको साउथहलस्थित विश्व हिन्दू मन्दिरमा बेलायतमा कार्यरत सम्पूर्ण पण्डितहरूको सहभागितामा आयोजित विश्वशान्ति सत्यनारायण पूजामा बेलायतका निम्ति नेपाली महामहिम राजदूत डा. दुवसु क्षेत्री सपरिवार उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा राजदूत क्षेत्रीले नेपाली जहाँ भएपनि आफ्नो धर्म संस्कृति भाषा भेषको संरक्षण र सम्बद्र्धनमा लागिरहनु अति सुन्दर पक्ष भएको र त्यस्ता शुभकर्महरूमा राजदूतावास सदैव सहभागी र सहयोगी रहने बताउनुभयो । नेपाली नयाँ वर्षको मंगलमय अवसरमा वेलायत आयरलैण्ड र माल्टामा रहेका सबै नेपाली हरूको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै नव वर्षको पहिलो दिन अति पवित्र पूजामा सामेल हुन पाएकोमा आफू हर्षित भएको उहाँको कथन थियो ।

बेलायतमा समाजसेवीको पहिचान बनाएका महन्त श्रेष्ठ, कुल आचार्य, ध्रुव केसी, रविजङ्ग लामिछाने एवं रूपक केसी उक्त पूजामा यजमानका रूपमा सहभागी हुनुहुन्थ्यो । निरन्तर बढ्दै गएको नेपाली समुदायको धार्मिक, सांस्कृतिक आवश्यकता पूरा गर्न एक समारोह हलसहित नेपाली मन्दिर आवश्यक रहेको र त्यसको निम्ति उपयुक्त समय आएको सबै सहभागीहरूको निचोड थियो ।

ुअहिले नगरे कहिलेु र ुहामीले नगरे कसलेु भन्नेमा सबैको गम्भीर सोच देखिन्थ्यो । नेपाली मन्दिरको स्थापनाका निम्ति आफूहरू जस्तोसुकै सहयोग गर्न तयार रहेको र तदनुरुप उपस्थित समाजका अगुवाहरूबाट प्रतिवद्धता समेत व्यक्त भएको थियो । बेलायतमा चिरपरिचित पण्डित चिरन्जीवी ढकाल, पण्डित गोविन्द नेपाल, आचार्य दुर्गाप्रसाद पोख्रेल, पण्डित नारायण पौडेल ुगाउँलेु एवं पण्डित शेखर ुशाण्डिल्यु काफ्लेको संयुक्त पूजनअर्चनबाट शुभारम्भ भएको समारोह भजन कीर्तनु, कथा प्रवचनसहित सोह्र वर्षमुनिका बालबालिकाहरूका बीच धार्मिक चित्रकला प्रतियोगिताका साथ सुसम्पन्न भएको थियो ।

पण्डित गोविन्द नेपालले सत्यनारायणको पूजापश्चात् कथा माहात्म्य प्रस्तुत गर्नुभएको थियो भने आचार्य दुर्गाप्रसाद पोख्रेलले नेपाली नयाँवर्ष विक्रम सम्वत्को शास्त्रीय, वैज्ञानिक र सांस्कृतिक महत्त्वबारे सारगर्भित रुपमा प्रकाश पार्नुभएको थियो । समाजसेवी कृष्ण भट्ट, दधि आचार्य, होमनाथ पौडेललगायतले कार्यक्रममा स्वयंसेवीको भूमिका निभाउनुभएको थियो ।

समारोहमा मन्दिर एशोसियन युरोपका केन्द्रीय पदाधिकारीहरू, साउथहल विश्व हिन्दू मन्दिरका मूल पूरोहित एवं ट्रष्टीहरू, समाजसेवी एवं पूर्व बिबिसि प्रमुख खगेन्द्र नेपाली, पत्रकार महासंघ बेलायतका वीरेन्द्र श्रेष्ठ एवं अन्य सदस्यहरू, विश्व हिन्दू महासंघ बेलायत शाखाका पदाधिकारीहरू, नेपाली हिन्दु काउन्सिल युकेका पदाधिकारीहरू, पिटरबरो नेपाली समाजकी समाजसेवी श्रीमती मीना पौडेल एवं सदस्यहरू, रेडिङ नेपाली समाजका सदस्यहरू, हेज एण्ड हार्लिङ्टन नेपाली समाजका पदाधिकारीहरू, एन् बि सि युकेका अध्यक्ष मिलन घिमिरे एवं पदाधिकारीहरू, थकाली समाज वेलायतका अभियन्ता एवं व्यवसायी सुरज तुलाचन, क्याटरिङ् एशोसियनका धर्मागत चापागाईँ आदि महानुभावका साथै विभिन्न क्षेत्रबाट आएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले समारोह कक्ष खचाखच भरिएको थियो । कार्यक्रमको अन्त्यमा सामूहिक आरतीपछि शाकाहारी सात्विक प्रीतिभोजको व्यवस्था गरिएको थियो ।

पूजाबाट स्वतःस्फूर्त संकलित रकमलाई सीडमनिका रुपमा राखेर मन्दिर निर्माणको योजना अगाडि बढाइने आयोजक समितिका एक सदस्यले बताउनुभयो । नेपाली समुदायका दानवीर उदार समाजसेवीहरूको उत्प्रेरणामा आउँदो शिवरात्रिको पूजा कार्यक्रम आफ्नै नेपाली मन्दिरमा गर्ने गरी योजना अघि बढेको पण्डित चिरञ्जीवि ढकालले बताउनुभयो।

बेलायतमा बसोबास गर्ने प्रायः सबै पण्डित पुरोहित गुरुहरूको सहभागिता रहेको यस्तो कार्यक्रम पहिलो भएको र यसको ऐतिहासिक महत्त्व रहने उपस्थित धेरैको प्रतिक्रिया थियो ।