रेडिंग, यूके । “ साँझको ६ बजे कामबाट फर्कने क्रममा प्रतिमा के।सी।को सुनको सिक्री एलेक्स्जंदर रोडको चोकमा लुटियो ।” “ बिहानको ६।३० बजे काममा जाने क्रममा सबिर गुरुंगले अक्सफोर्ड रोडमा मरन्नासन हुने गगरी पिटाइ खाए र उनीसंग भएको बैंक कार्ड, मोबाइल फोन र सबै सामानहरु लुटियो ।” “ साँझको ४।४५ बजे किंग्स ब्रिज रोडमा एक घरमा दिनदहादै लुटेराहरुले बोरो काउन्सिलबाट आएको कर्मचारी भन्दै घरभित्र पसेर रकम लुटेर लगे ।”
माथि उल्लेखित घटनाहरु यो एक हप्ताको बीचमा रेडिंग क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका केही सदस्यहरुमा घटेर सुचनामा आएका केही प्रतिनिधि घटना मात्र हुन। यस्ता दर्जनौ घटनाहरू दैनिक रुपमा नेपालीहरुमा घटिरहेका छन । भाषाको समस्या, पुलिसले बारम्बार भेट्ने र उसलाई समय दिनु पर्ने, असुरक्षित महशुस हुने आदि आदि कारणले ती सबै घटनाहरु प्रकाशमा नआउने गरेको पनि पाइन्छ । घरमै रहँदा, काममा जांदा वा आउँदा र पार्क वा छरछिमेकमा घुम्न निस्कँदासमेत कुटिने, लुटिने र असुरक्षित हुने कारणले जनजीबन त्राही त्राही भएको छ । यस्तो अबस्थामा नेपालीहरुको अभिभाबक संस्था रेडिंग नेपाली समाजको अगुववाइ तथा पहलमा निम्न कार्यक्रहरु गर्नको लागि ग्रेटर रेडिंग नेपाली समाजका तर्फबबाट प्रस्ताब गरिएको छ –
१। आगामी १७ गतेको दिन रेडिंग कप फुटबलको तयारीको क्रममा हुने बृहद भेलामा यो बिषय पनि छलफलको प्रस्ताबको रुपमा समाबेश गरियोस् ।
२। नेपालीबासीहरुमा भइरहेको यस्ता घटनाहरुलाई बोरो काउन्सिल, मानवअधिकारबादी संस्थाहरु, राजनीतिक पार्टीहरु तथा सम्बन्धित सबैमा सूचना दिई सहयोग र सहानुभूति लिने
३। यस्ता घटनाहरु भएमा कहाँ र कसरी सम्पर्क गर्ने भन्ने बारेमा सबै नेपालि सदस्यहरुलाई जानकारी दिने कार्यक्रम ल्याउने ।
४। पत्रपत्रिकामा नेपाली तथा अंग्रेजीमा समाचार तथा लेख लेख्न सक्ने दक्षता तथा क्षमता भएकाहरु बुध्द्धिजीबीहरुलाई नेपाली तथा अंग्रेजीमा यससम्बन्धी लेखहरु छपाउन अनुरोध गर्ने ।
५। पीडित सदस्यहरुलाई समाजका जिम्मेबार सदस्यहरुले भेटेर सहानुभूति दिने ।
-कुमार के.सी.
इमेलबाट सर्कुलेट गरिएको सामुदायिक समाचार-editor
प्रतिक्रिया