लण्डन / एउटी महिलाले आफ्नो चौथो सन्तान छोरी जन्माउनका लागि एकदमै उत्सुक थिईन् जसकालागि तिनले बच्चा निर्माणकर्तालाई १५ हजार पाउण्ड तिरेकी थिईन् । हिदर आन्सप्याक नाम गरेकी महिलाले आफ्नो पति पाँलसँगको वैवाहिक जीवनमा एउटा स्वप्निल परिवारको संरचना गर्न चाहेकी थिईन् । तिनले दुईजना छोरा र दुईजना छोरी प्राप्त गर्ने प्रवल इच्छाले गर्दा आफ्नो घर धरौटीमा राखेर ब्याङ्कबाट पैसा निकालेकी थिईन् ।
३० वर्षीया महिलाले त्यसपछि अनलाइनबाट खोजतलाश गरेर लस एन्जलसका डाक्टर जेफ्री स्टेनबर्जले आईभीएफ मार्फत लिङ्ग छनौट गरेर भ्रूण विकास गर्ने कुरा थाहा पाईन् । तिनी र तिनका बस ड्राइभर पति लस एन्जलसका लागि उडेका थिए । एउटा पेट्री डिशमा तिनको डिम्ब र पतिको शुक्रकिट निकालेर डाक्टरले क्लिनिकमा प्रजनन प्रकियाका लागि राखेका थिए । त्यसपछि विकसित भएको स्त्री एम्ब्रियो अर्थात् भू्रणलाई हिदरको गर्भमा स्थापित गरिएको थियो । बाँकी बचेका एम्ब्रियोहरु अनुसन्धानका लागि तिनले अनुदान गरेकी थिईन् । अहिले आन्स्प्याक र ४३ वर्षीय पति पाँलका २ छोराहरु क्रमशः दश वर्षीय टाइलर, आठ वर्षीय ट्रेन्टन र २ छोरीहरु क्रमशः ६ वर्षीया म्याडलिन र आईभीएफ गरी जन्मेकी सात महिनाकी मालिया छन् । केन्टकीमा सेल्स असिस्ट्यण्टको हैसियतमा काम गरिरहेकी हिदरले भर्खरै ३७ वर्षीया भिक्टोरिया बेकहामले गत हप्ता कसरी चौंथो सन्तान छोरी हार्पर सेभेन जन्माईन् भन्ने कुरा आफूलाई थाहा लागेको कुरा समाचारदाताहरुलाई बताएकीछिन् । तिनले अघि …. मलाई थाह छ कतिपय मानिसहरु लिङ्ग निर्धारण गर्ने प्रक्रियालाई विरोध गर्दछन्, तर, म यसलाई गलत भन्दिनँ किनभने यो एउटा व्यक्तिगत चाहानाको कुरा हो….. भनेकी थिईन् । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया