फेरि मुम्बईमा आतंककारी हमला

फेरि मुम्बईमा आतंककारी हमला


लण्डन । हिजो मुम्बईमा तीनवटा बम विष्फोटन हुँदा २१जना मारिनुका साथै ११३ जनाजति मानिसहरु घाइते भएको समाचार प्रकाशमा आएको छ । सन् २००८मा भारतको प्रसिद्ध २ वटा होटलहरु र अन्य ठाउँमा भएको सनसनीपूर्ण आतंककारी हमला भएपछिको यो दोश्रो ठूलो घटना हो । योजनाबद्ध ढंगबाट संयोजन गरी भारतीय महानगरमा गरिएका बम विष्फोटजबाट मानिसहरुलाई आतंकित गर्न खोजेका छन् । तर, मुम्बईवासीहरु यस घटनालाई लिएर आक्रोशित बनेका छन् र यस्ता घटनाबाट पछि नहट्ने सर्वसाधरण कामदारहरुले समेत व्यक्त गरेका छन् ।
मुम्बईको मध्यजिल्ला दादरमा पहिलो बम विष्फोटन भएको थियो त्यसपछि लगत्तै जाभेरी बजारको गरगहनाका बजारमा, अनि तेश्रो विष्फोटन चाँहि सधै व्यस्त रहने व्यावसायिक केन्द्र अपेरा हाउसमा विष्फोटन भएको थियो । यी तीनैवटा विष्फोटनहरु दश मिनटभित्र विष्फोटन भएको थियो । जतिबेला मानिसहरु भीड भएका थिए त्यसलाई मौका छोपेर साँझ सात बजे आततायीहरुले विष्फोटन गरेका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार जाभेरीमा गरगहनाको बजारमा दुइटा मोटरसाइकिलहरु आगोको ज्वालासहित विष्फोटन हुँदा सडकमा ६ जना लाशहरु देखेका थिए । महाराष्ट्रका मुख्यमन्त्री पृथ्वीराज चौहानले …. यो भारतको मुटु, मुम्बईको मुटुमा आक्रमण गरेका हुन्… भनेका छन ।
६० घण्टासम्म कब्जामा राख्दै भारतका २ वटा आलिशान होटलहरुमाथि नोभेम्बर २००८सालमा आतंककारीहरुले ठूलो हमला गर्दा १०जना आतंककारी र १६६ जना सर्वसाधरण मारिएको घटनापछिको यो बम विष्फोटन दोश्रो ठूलो आतंककारी हमला हुनआएको छ । सन २००८को हमला पाकिस्तानस्थित आतंककारीहरुका समूहले गरेको थियो भनेर भारतले आरोप लगाएको थियो जसले गर्दा दुई देशबीच तनाव बढेको थियो । तर, यतिबेलाको यस घटनालाई सबैभन्दा पहिले पाकिस्तानले भर्त्सना गर्दै यस घटनाबाट जनधनको क्षति साथै घाइतेहरुउपर सहानुभूति दर्शाउँदै खेद प्रकट गरेको छ । भारतका गृहमन्त्री पी चिदम्बरमले मुम्बईवासी र सम्पूर्ण देशवासीहरुलाई धैर्य धारण गरेर शान्त रहनको लागि अवहान गर्दै मुम्बई महानगरलाई उच्च स्तरीय सतर्कतामा राख्नलाई आदेश दिएका छन् । यस घटनालाई कसैले अझसम्म जिम्मा लिएको छैन । श्रोत – नेट, सुमल, मेस ।