आत्मघाती आक्रमण गर्ने आमाप्रति छोरीको माया

आत्मघाती आक्रमण गर्ने आमाप्रति छोरीको माया


लण्डन । एउटी आमाले आफ्नै ११ वर्षीया छोरीलाई लगातार छुरा प्रहार गरिरहँदा छोरीले आमालाई बिन्ति गर्दै, “आमा म तपाईलाई माया गर्छु” भनेकी कुरा हिजो ओल्ड ब्याइलीस्थित अदालतले प्रकाश पारेको छ । महिलाले, जसको नाम कानुनी कारणले गर्दा यहाँ उल्लेख गर्न सकिएको छैन,ले ठूलो एउटा छुरा निकालेर छोरीलाई लगातार छुरा प्रहार गर्दा छोरीले प्रहार नगर्नको लागि अनुनय गरेकी बावजुद दशपल्ट छुरा प्रहार गरेकी थिईन् ।
नर्सरीमा काम गरेकी महिलाले प्रहार गरिरहँदा एकपल्ट प्रहार रोकेर छोरीलाई अंकमाल गरेकी थिईन् अनि फेरि लगातार छुरी प्रहार गर्ने क्रम जारी राखेकी थिईन् । छोरी छुराको प्रहारबाट ढलेपछि आत्महत्या गर्नकालागि आफैले आफ्नो पेटमा छुरा प्रहार गरेकी थिईन् । घटना घट्नुभन्दा केही महिना अघिसम्म महिला अत्यन्त असल गृहिणी र असल आमा थिईन्, तर, उनी पछि ठूलो डिप्रेशनको शिकार भएपछि यसरी बदलिएकी थिईन् भनेर अदालतले पुर्पक्षको बेलामा प्रकाश पारेको थियो । डिप्रेशनको शिकार भएपछि पहिले उनले आफै आत्महत्या गरेर मर्ने सोच बनाएकी थिईन्, तर, आफू नरहेपछि आफूपछि छोरीलाई एक्लै नछाड्ने विचार राखेर हत्या गर्ने प्रयास गरेकी थिईन् । उनको छुरा प्रहारपछि ढल्न पुगेकी छोरीलाई दशघण्टको अपरेशनपछि बचाउन सफल भएको थियो तथा आत्महत्या गर्न खोजेकी आमा पनि मर्न सकिनन् । छोरीको हात र पाखुराहरुमा गहिरो चोट लागेका दागहरु मेटिएका छैनन् । आमाले त्यसरी निर्दयी भएर छुरा प्रहार गरे तापति छोरीले आफ्नी आमालाई धेरै माया गर्छिन् र आमालाई हेर्न खोजीरहेकी छिन् । यो आमा छोरीबीचको अटुट मायाको बन्धन हो भनेर अदालतले भनेको छ ।
यो घटना पोहोर साल अगस्त महिनामा आमा छोरी दुकानमा सौदा गर्न जाँदा आफूले बोकेकी धारिलो ठूलो छुरा पश्चिम लण्डनस्थित इलिङ नजिकैको सेन्ट मार्गारेट्स फिल्ड छेउको नहर नजिक छोरीमाथि छुरा प्रहार गरेर आक्रमण गरेकी थिईन् भनेर मुद्दामा सहभागी वकिल, बाँबी चिमाले भनेकी छिन् । पछिल्लो सालको इस्टरको बेलादेखि डिप्रेशनको शिकार भएकी महिलालाई हत्या गर्ने प्रयासको अभियोग लागेको छ । उनलाई “मेन्टल हेल्थ एक्ट” अन्तर्गत थुनामा राखिको छ । श्रोत – नेट, सुमल, मेस ।