लण्डन । आज विहान एघार बजेबाट फार्नबोरोहस्थित ओकफाम स्कूलमा लगभग ७०० जना क्षेत्रीहरुको भेलामा वार्षिक भेला विविध साँस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । पानी परेको भए तापनि कार्यक्रममा सहभागी भएकाहरु र आफ्नो साँस्कृतिक कौशलता पस्कनेहरु अधैर्यताका साथ बाहिर खुल्ला आकाशमुनि नै कार्यक्रम प्रस्तुत गर्दै गरेको र तिनलाई हौसला दिँदै गरेका सहभागीहरुको उत्साह चाखलाग्दो देखिएको थियो ।
क्षेत्री समाज यूकेको आजीवन सदस्यता लिनेहरुलाई अध्यक्षबाट प्रमाणपत्र तथा खादा पहिरन गराएर सम्मान व्यक्त गरिएको थियो भने यूकेमा विभिन्न स्थान र क्षेत्रहरुमा उल्लेखनीय उपलब्धि हासिल गर्नेहरुलाई पनि अध्यक्षबाट खादा ओढाएर सम्मान गरिएको थियो, जसमा उच्च शिक्षा हासिल गर्नेहरु, साधारण कामबाट छोटो अवधिमा नै पदोन्नति प्राप्त गर्नेहरु, प्रथम महिला बस ड्राइभर, पुरुष नर्स आदिहरु रहेका थिए ।
क्षेत्री समाज यूकेका महासचिव महेन्द्र क्षेत्रीले औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए भने, स्वागत मन्तव्य उपाध्यक्ष भीम बानियाले दिएका थिए । कार्यक्रमको अध्यक्षता अध्यक्ष कृष्ण अधिकारी क्षेत्रीले गरेका थिए । अन्त्यमा उपाध्यक्षबाट कार्यक्रमको विसर्जन गरी साँस्कृतिक कार्यक्रमलाई सञ्चालन गर्न राजेन्द्र क्षेत्रीलाई सु्म्पेका थिए ।
विभिन्न नृत्यहरुमा नाचहरुको प्रस्तुतिपछि ककटेल सामूहिक नृत्य भएको थियो । दुई प्रहरको खानाहरु वफे सिस्टममा राखिएको थियो, कार्यक्रमको अन्त्यमा राफल ड्र गरिएको थियो । सानो स्थलमा पर्याप्त सिटहरुको अभाव भए तापनि सहभागीहरुमा उत्साहहीनता देखिएको थिएन ।
-तस्वीरसहित नरेन्द्र, मेस
Click here to view the rest of the album.
प्रतिक्रिया