बिहारको कसाई स्वतन्त्र घुम्दै

बिहारको कसाई स्वतन्त्र घुम्दै


लण्डन । बिहारको इतिहासमा सबैभन्दा खतरनाक अपराधी जसका हातहरु २७७ जना निर्दोष मानिसहरुका हत्याको रगतले रंगिएका छन्, जसको नाम सुन्नेबित्तकै बिहार राज्यका गरीब जनताहरु डरले थरथर काम्न थाल्दछन्, बिहारका त्यही अत्यन्त हिंस्रक मानिने रणबीर सेनाका संस्थापक ब्रह्मेश्वर सिंह उर्फ मुखियालाई गत शुक्रवारको दिनमा जेहनाबाद जिल्ला अदालतको आदेशमा आराको जेलबाट धरौटीमा मुक्त गरिएको छ । उनलाई २७७ जनाको सामूहिक नरसंहार गरेका अभियोगमा सन् २००२ मा २२ वटा मुद्धाको सन्दर्भलाई लिएर नाटकीय पाराले गिरफ्तार गरी ९ वर्षसम्म जेल चलान गरेको थियो ।
झण्डै ६० वर्ष पुग्न आँटेका कुख्यात जमिन्दार सिंहलाई रणबीर सेनाद्वारा गरिने सामूहिक हत्या आपराधिक कृयाकलापको योजनाका परिकल्पनाकार मानिन्छ । उनले रणबीर सेनालाई सन् १९९४मा स्थापना गरेका थिए अर्थात् उनी रणबीर सेनाका संस्थापक हुन । रणबीर सेना कट्टर बामपंथीहरुसँग लड्नका लागि खडा गरिएको बिहारको इतिहासको पहिलो खतरनाक निजी मिलिसिया फौज हो । आराजेलका प्रहारी अधिकृतहरुले उनलाई गत शुक्रवार जेल मुक्त गरिएका थिए । उनलाई जेलबाट धरौटीमा रिहाइ गर्नका लागि उनले अपील गरिएको निवेदनलाई जेहेनावाद अदालतका न्यायधीश दीपक कुमारले हथियार नियमावलीअन्तर्गत रहेको मुद्धालाई स्वीकारेर धरोटीमा रिहाइ गर्ने आदेश दिएका थिए । सिंहका परिवारजनका स्रोतबाट उनीमाथि लागेको २२ वटा मुद्धामध्ये १६ वटा मुद्धाको फर्छ्यौट भइसकेको, तर, अझ पनि ६ वटा मुद्धाको पैmसला हुन बाँकी रहेको समाचार प्राप्त भएको छ । प्रहरी श्रोतका अनुसार ६ वटा मुद्धामध्ये एउटा हत्याको मुद्धा, एउटा जेलको कोठरीभित्र मोबाइल फोन राखेको अभियोग र तीनवटाचाँहि हथियार ऐनअन्तर्गतका मुद्धाहरु फैसला हुन बाँकी रहेका छन् । सामूहिक हत्याको आपराधिक परियोजना बुनेर यस घटनाको सुत्रधार रहेको सिंहका फैसला नभएको एउटा बाथानी टोलको हत्याकाण्डको मुद्धा अझ बाँकी नै छ । आराजेलबाट मुक्त हुने दिनमा उनका समर्थकहरुले उनलाई ठूलो हिरोको रुपमा जेलबाहिर फूलमाला पहि¥याएर भव्य स्वागत गरेका थिए । त्यसबेला खुशी भएर सबै समर्थकहरुले रणबीर सेनाको नारा गाएर जयजयकार मनाएका थिए । उनले समाचारदाताहरुलाई आफू निर्दोष रहेको तथा अदालतले अवश्य नै निसाफ दिनेछ भनेका छन् । श्रोत –नेट, सुमल, मेस ।