कतारमा नेपालीलाई कसले बचाउने सरकार ?

कतारमा नेपालीलाई कसले बचाउने सरकार ?


katar-workers कतारमा नेपाली

खाडी मुलुकमा उत्पन्न तनावले नेपाली कामदार तथा नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने सम्भावना देखिएको छ । कतारले अतिवादी मुस्लिम समुदायलाई सहयोग पुयाएको भन्दै छिमेकी साउदी अरब र युनाइटेड अरब इमिरेट्सलगायतका ७ मुलुकले कतारसँगको सबै प्रकारका सम्बन्ध विच्छेद गरेपछि मध्यपूर्वमा तनाव उत्पन्न भएको हो । अतिवादी इस्लामिक समूहहरूलाई सहयोग गर्ने मुलुकका रूपमा कतार र पाकिस्तानलाई लिइन्छ । पाकिस्तानविरुद्ध कुनै कडा कदम नचालिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणलगत्तै कतारविरुद्ध अप्रत्यासित कदम चालिनुलाई रहस्यमयी मानिएको छ ।

इरान र अमेरिकाबीच लामो समयदेखि तनाव कायम रहेको र कतारको राजपरिवार इरानी मूलको हुनुलाई जोडेर हेर्दा कतारमा उत्पन्न तनावको अन्त्य सजिलै हुने मान्न सकिँदैन । निश्चित समयमा साउदी अरबले कतारमा सैन्य हस्तक्षेप गर्न सक्ने र त्यसरी सैन्य हस्तक्षेप भएमा इरान पनि कतारमा प्रवेश गर्न सक्ने विश्लेषण हुन थालेको छ । त्यसैले कतारमा रहेका नेपाली कामदारको सुरक्षा र उनीहरूलाई सकुशल नेपाल फिर्ता गर्न सरकारले तत्कालै ठोस पहल गर्नुपर्ने देखिएको छ ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले अकुत सम्पत्ति आर्जन गरेको भन्दै पाकिस्तानी अदालतमा सरिफविरुद्ध उजुरी परेको थियो । कतारी राजकुमारले सरिफलाई आफ्नो कमाइको रकमबाट आर्थिक सहयोग दिएको सार्वजनिक बयान दिएपछि सरिफले अदालतबाट सफाइ पाएका थिए । आतङ्कवादीहरूलाई सहयोग पु¥याएको आरोप लाग्दै आएको पाकिस्तानविरुद्ध कुनै किसिमको कदम नचाल्नु तर कतारविरुद्ध अनपेक्षित कदम चालिनुलाई विश्वभर संसयको साथ हेरिएको छ ।