लण्डन । अर्काले सल्काएर पिएको चुरोट एकआपसमा सुर्को तान्ने किशोरवयका चुरोट अम्मलीहरुमा दोब्बर सुन्ने शक्ति ह्रास भएर जाने कुरा अनुसन्धानबाट पत्ता लागेको छ । अनुसन्धानकर्ताहरुले हालै अमेरिकामा १५०० जना १२ वर्षदेखि १९ वर्षसम्मका चुरोट सेवन गर्ने किशोर किशोरीहरुलाई जसले अर्काले पिएको सिगरेट पिउने गर्थे, उनीहरुलाई अनुसन्धान गर्दा उनीहरुका कानमा क्षति पुगेको पत्ता लागेको छ । अनुसन्धानकर्ताहरुले यस्ता अर्काले पिएका सिगरेट जति बढी सेवन गर्यो उति नै क्षति पुग्ने निर्क्यौल निकालेका छन् । यस अनुसन्धानमा ती चुरोट सेवन गर्ने किशोर किशोरीहरुका कानसम्बन्धी टाउको र घाँटीका सर्जरी रेकर्डहरुबाट उनीहरुलाई बोलेका शब्दहरु बुझ्न कठिन भएको तथ्य थाहा लागेको छ । तर, अहिलेसम्म यो थाहा लागेको छैन कि कति मात्र सेवन गर्नाले कति धेरै क्षति पुग्नसक्छ भन्ने कुरा अझ पत्ता लगाउन बाँकी रहेको जानकारी प्रकाश पारेका छन् । विज्ञहरुका अनुसार सेकेण्ड हृयाण्ड चुरोट सेवन गर्नाले सीधै कानको मध्यभागमा असर गर्छ । उनीहरुलाई यो विश्वास भइसकेको कुरा कानमा प्रवाहित हुने नाजुक रक्तसञ्चारलाई यसको लगातार सेवनले क्षति पुर्याएर यसबाट कान सुन्ने प्रक्रियालाई फरक पारिदिन्छ भनेका छन् ।
अनुसन्धानकर्ताहरुले सिगरेटका कारण स्वास्थ्यलाई खतरामा पार्नुभन्दा छिटोभन्दा छिटो चुरोट सेवन त्याग्नकालागि सल्लाह दिएका छन् । एक्शन अन हियारिङ लोसका पूर्व आरएनआइडी, डाक्टर राफ होमले …लगातार सक्रिय भएर चुरोट सेवन गर्ने मानिसहरुका सुन्ने शक्ति प्रभावित हुँदै ह्रास भएर जान्छ भन्ने कुरा हाम्रो अनुसन्धानबाट थाहा लागिसकेको थियो र यस अनुसन्धानले के तथ्य पत्ता लागेको छ भने जुन बच्चाहरु चुरोट सेवन गर्नेहरुका समिप रहन्छन उनिहरुका नाजुक कानहरु पनि क्षतिग्रस्त भएर सुन्ने समस्या उत्पन्न हुनसक्छन् । यसकालागि अझ विस्तृतरुपमा अनुसन्धान गरेर प्रस्तुत गर्नुपर्ने आवश्यकता देखिएको छ, तर, आप्fm्ना बच्चाहरुको स्वास्थ्य र सुन्ने क्षमतालाई ध्यानमा राखेर उनिहरुका छेउमा चुरोट नपिउनुहोला… भनेका छन् । श्रोत – बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया