सोमालिया भोकग्रस्त महामारी क्षेत्र घोषित

सोमालिया भोकग्रस्त महामारी क्षेत्र घोषित


लण्डन । आज राष्ट्रसंघले सोमालियाको दक्षिणी भागलाई आधिकारिक हिसाबमा अत्यन्त खाद्यसंकट भएको कारणले गर्दा भोकग्रस्त महामारी क्षेत्र घोषित गरेको छ । २० लाखभन्दा बढी पाँच वर्षमुनिका बच्चाहरु यस संकटग्रस्त राष्ट्रमा एकदमै खानाको अभावले गर्दा कुपोषणको शिकार भइरहेका छन् ।
छिमेकी राष्ट्र केनिया र इथियोपियाका केही क्षेत्रमा पनि यही हालत रहेको छ । पचास हजारभन्दा बढी बच्चाहरु मृत्युशैयामा पुगेका अवस्थामा छन् । हालै बेलायतले ५२ मिलियन पाउण्ड स्टर्लिङ रकम राहतका लागि छुट्याइएको सुपुर्दगी गर्न नपाउँदै युनिसेफ यूकेका रिलिफ एजेन्सीले अझ थप रकम चाहिएको कुरा व्यक्त गरेको छ । सोमालियाका इस्लामिक कट्टरपन्थी लडाकुहरुद्वारा नियन्त्रित क्षेत्रका लागि आजको छलफलको आदेशले राहत रकम बढाउलान् भनेर रिलिफ एजेन्सी यूकेले आशा राखेको छ । तर, राष्ट्रसंघका अनुसार सशस्त्रधारी लडाकुहरु रहेका ठाउँहरुमा गएर राहत कार्य सञ्चालन गर्नका लागि सुरक्षाको ग्यारेन्टी हुनुपर्छ भनेको छ । विदेश सचिव विलियम हगले हिजो सरकारले सोमालियाको संकटलाई उद्वार गर्नका लागि ५२ मिलियन पाउण्ड रकम दिने कुराको प्रत्तिबद्धता जाहेर गरेका थिए । प्रधानमन्त्री डेभिड क्यामरुन हिजो नाइजेरियकाको राजधानी लेगोसमा एउटा मेटरनिटी क्लिनिकमा गएका थिए । गत महिना ८१४ मिलियन पाउण्ड रकम संसारभरिका बच्चाहरुलाई भ्याक्सिन उपलब्ध गराउनकालागि बचनबद्धता प्रकट गरेका थिए । श्रोत – नेट, सुमल, मेस ।